बाजुरामा गो-ली ला’गेर नि-धन भएका संजिव काठमाडौंबाट भोट हाल्न पुगेका थिए

बाजुरामा सुरक्षाकर्मीले चलाएको गो-ली लागेर निधन भएका संजीव अयडी काठमाडौंबाट भोट हाल्नको लागि बाजुरा गएको खुलेको छ । भने तीनजना घा-इते भएको त्यहाँ रहेका सञ्चारकर्मी पारश विक्रम शाहले केटिएम दैनिकलाई बताए ।
काठमाडौंमा अध्ययतरत रहेका अयडी चुनावमा भोट हाल्नको लागि गृहजिल्ला पुगेका थिए । जिल्लाको त्रिवेणी नगरपालिका-७ मा प्रहरी र स्थानीय बिच झडप हुँदा एकको निधन भएको छ भने तीनजना घाइते भएको त्यहाँ रहेका सञ्चारकर्मी पारश विक्रम शाहले केटिएम दैनिकलाई बताए ।
उनले भने, ‘बिहानदेखि संयमित भइरहेको सुरक्षाकर्मी एक्कासी गो-ली चलाउन पुग्यो ।नेकपा एमाले र कांग्रेसका कार्यकर्ताबीच सामान्य झडप भएपछि प्रहरीले लाठ्ठीचार्ज सुरू गरेको थियो । त्यसपछि प्रहरीले गो-ली चलाएको हो ।’
गोली चलाउने प्रहरी कृष्ण कुँवर भएको उनको दाबी छ । प्रहरीले चलाएको गोली पूर्ववडाध्यक्ष र अर्का एक व्यक्तिलाई समेत लागेको छ ।गोली लागी घा-इते भएका दुई र घाइते प्रहरी कृष्ण कुँवरलाई थप उपचारको लागि हेलिकप्टरबाट ल्याँइदै ।
संजीवको छातिमा गो-ली लागेर ढलेपछि सुरक्षाकर्मी कृष्ण कुँवर विद्यालयभित्र छिरेका थिए । स्थानीयले ढोका फोडेर कुँवरमाथि हातपात गर्दा उनी पनि गम्भिर घाइते भएका छन् ।नेपाली सेनाको हेलिकप्टरले घा-इते प्रहरी र अन्य दुई घा-इतेलाई थप उपचारको लागि सुर्खेत लगेको जनाएको छ । घटनास्थलमा अहिले पनि तनावको वातावरण रहेको सञ्चारकर्मी शाहले बताए ।
घटनास्थलमा नेपाली सेना ।केटिएम दैनिकले जिल्ला प्रहरी कार्यालयका प्रमुखसँग घटनाका विषयमा थप जानकारी लिने प्रयास गरेतापनि उनी टेलिफोन सम्पर्कमा बोल्न मानेन् ।हामीले उक्त वडाका वडाध्यक्ष जुद्ध वहादुर अयडीसँग पनि सम्पर्क गर्न प्रयास गरेतापनि सफल हुन सकेका छैनौं । मृतक र वडाध्यक्ष नातेदार भएको बताइएको छ ।