News

मतपेटिका बोकेको गाडीमा ब,म प्र-हार

इलाम- इलाममा मतपेटिका बोकेको गाडीमा बम प्रहार भएको छ । इलामको माई नगरपालिका-४ सुखानीमा गाडीमा बम प्रहार भएको बताइएको छ ।पेटिका बोकेको गाडीमा माई नगरपालिकाका ७ वटा वडाका मतपेटिका रहेको बताइएको छ । उक्त गाडीमाथि अन्दाजी ८:४५ बजे अपरिचित समूहले बम प्रहार थियो।

अज्ञात समूहले बम प्रहार गरे पनि कुनै क्षति नभएको जनाइएको छ ।चन्द्र भण्डारी र प्रदीप ज्ञवालीको क्षेत्रमा पुनः मतदान हुनेगुल्मीको क्षेत्र नं.१ अन्तर्गत कालिगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको ‘क’ केन्द्रमा मतदान स्थगित भएको छ ।

निर्वाचन प्रक्रिया चलिरहेको समयमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो ।त्यस्ता मतपत्र ५५ वटा रहेको बताइएको छ । उक्त मतदान केन्द्रमा पुनः मतदान अधिकृतसहितको टोली पठाएर मतदान गर्ने निर्णय भएको छ ।

तर, मतदान कहिले गर्ने भन्ने विषयमा छलफल भइरहेको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।दुई लाख २३ हजार ६१५ मतदाता रहेको गुल्मीमा आज भएको निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email