News

ललितपुरमा एमालेको फराकिलो अग्रता, चर्कोसँग उदायो सूर्य

काठमाडौं। ललितपुर क्षेत्र नम्बर २ मा एमालेले अग्रता बढाएको छ। ४ हजार ५७ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३१७ मत पाएका छन्।

लौरो चिन्ह्रले ८९७ मत पाएको छ। नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले७७७ मत पाएका छन् यस्तै राप्रपाका उम्मेदवार रघुवर राज थापाले६७८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ३९० मत पाएका छन्।

आश्चर्यजनक मतसहित उदाउँदै स्वतन्त्र पार्टी

मतदानको प्रारम्भिक रुझान हेर्दा यस निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी आश्चर्यजनक नतिजा निकाल्दै उदाउने देखिन्छ । १७ असोजमा मात्रै दर्ता भएको यो दलप्रति खास गरेर युवाहरूको आकर्षण देखिएको छ ।

पहिलोपटक सहभागिता जनाएको निर्वाचनबाटै राष्ट्रिय दल बन्ने निश्चित छ । स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट उम्मेदवार छन् । उनीसहित केही सिट प्रत्यक्षतर्फ जित्ने तथा समानुपातिकमा अपेक्षा गरिएभन्दा राम्रो मत ल्याएर संसद्मा बलियो हैसियतसहित पुग्ने यो दलको दाबी छ ।

मतदान सम्पन्न भएपछि आइतबार चितवनमा सभापति लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउने बताए । ‘देशभरको रिपोर्टिङले उत्साहित छु,’ उनले भने, ‘सबै मतदाताले विश्वास गरेका छौँ है भन्नुभएको छ । हामी देशभर अपेक्षा गरेभन्दा धेरै मत पाउँदै छौँ ।

समानुपातिकतर्फ राम्रो परिणाम आउँदै छ ।’ पार्टी प्रवक्ता डा. मुकुल ढकालले समानुपातिकतर्फ करिब ३० सिट ल्याएर आफ्नो दल पहिलो हुने दाबी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ एक सय ३१ स्थानमा उम्मेदवारी दिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी भने यसपटकको निर्वाचनमा पनि राष्ट्रिय दल बन्ने–नबन्ने अनिश्चित छ । यद्यपि, प्रत्यक्षमा कम्तीमा आधा दर्जन सिटसहित राष्ट्रिय पार्टी बन्ने राप्रपाको दाबी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email