News

ललितपुर–३ मतपरिणाम : तोसिमाले फेरी उछिनिन् पम्फालाई

काठमाडौं, ५ मंसिर । पछिल्लो मत परिणामअनुसार ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले पम्फा भुसाललाई उछिनेकिछिन् । मतपरिणाम अनुुसार नेकपा एमालेका उम्मेदवार अमृत खड्का ९३६ मतसहित अग्रस्थानमा छन् ।

उनलाई पछ्याउदै कार्कीले ८७५ मत ल्याएर दोस्रो स्थानमा पुगेकी छिन् । नेकपा माओवादीकी भुसालले ७७५ मत प्राप्त गरेर तेस्रो स्थानमा छिन् । पछिल्लो मत परिणामअनुसार ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले पम्फा भुसाललाई उछिनेकिछिन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ। आजको निर्वाचनमा मतदाताहरूको त्यति उत्सुकता नदेखिएको निर्वाचन पर्यवेक्षकहरूले बताएका छन्। मत पनि सोचेकोभन्दा कम मात्र खसेको निर्वाचनमा खटिएका प्रतिनिधिहरूले जानकारी दिएका छन्।

जावलाखेल मतदान केन्द्र – मतदाताको कूल संख्या चार हजार ७४४ भए पनि दुई हजार ८८९ ले मात्र मतदान गरेका छन्। मतदान केन्द्र (क) मा ९२४ जना मतदाता रहेकोमा पुरूषतर्फ २५२ र महिलातर्फ २९६ जनाले भोट हालेको पाइयो। त्यस्तै, (ख) मा जम्मा ९५२ जना मतदाता रहेमध्ये मत खसाल्नेमा ३०३ पुरूष र २६७ जना महिला देखिए।

मतदान केन्द्र (ग) मा कूल ५८२ मत खसेको छ। कूल मतदाता संख्या ९५१ रहेको उक्त मतदान केन्द्रमा २९५ पुरूष र २८७ महिलाले भोट हालेका थिए। (घ) मा मतदाता संख्या ९५२ रहेको छ। तीमध्ये ३१७ पुरूष र ३०३ महिलाले मतदान गरेका छन्। (ङ) मा ९६५ जना मतदाता रहेकोमा जम्मा ५६५ जनाले मत खसालेका छन्।

जसमध्ये पुरूष २४९ र महिला ३१६ रहेको बताइएको छ। यसरी यहाँ ६१ प्रतिशत मत खसेको छ। गृहिणीको संख्या उल्लेख्य छ। एकान्तकुना र जावलाखेल, नख्खू, बागडोलसम्मका मतदाता रहेमध्ये यहाँ धेरै गृहिणीले सत्ता गठबन्धनकी पम्फा भुसाल र एमालेका अमृत खड्काभन्दा स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीलाई धेरै मत हालेको पाइएको छ।

यो पनी – डडेलधुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले निर्वाचन सकिएपनि पनि बाक्साको सुरक्षा गरिनुपर्ने अवस्था रहेको भन्दै स्थानीयसँग सहयोग मागेका छन् । उनले प्रशासनले मतदान भएका बाकसहरु एजेन्ट बिना प्रशासनले एक्लै लिएर हिँडेको दाबी गर्दै सहयोग मागेका हुन् ।

‘डडेल्धुराका जनताहरु बाटो बाटोमा भिडियो, लाइभ जे हुन्छ त्यहि राखेर बस्नु पर्यो । गाडीको स्कर्टिङ हजुरहरुले नै गर्नुपर्यो’, सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘कतिपय ठाउँमा बुथको बाकसहरु कुनै पनि उम्मेदवारको एजेन्ट बिना प्रशासनले एक्लै लिएर हिँडेको छ ।

आज राति सुत्न भएन। जंगल छ भने झन् ख्याल गर्नुपर्यो । बाटो बाटोमा बसिदिनु हुन अनुरोध।’ढकालले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका हुन् ।

facebookShare on Facebook
TwitterTweet

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email