News

भाइरल वडाध्यक्ष रिजालकाे दादागिरी, नक्सा पास भएकाे घरमा पनि डाेजर चलाउँदा, बालेनलाई तनाव

भाइरल वडाध्यक्ष रिजालकाे दादागिरी, नक्सा पास भएकाे घरमा पनि डाेजर चलाउँदा, बालेनलाई तनाव काठमाडौं महानगरले अवैधरुपमा बनेका संरचना भत्काउने क्रममा केहि व्यक्तिहरुको वैध संरचनामा पनि डोजर चलेको छ ।

महानगरको मेयरका रुपमा बालेन्द्र शाह (बालेन)को इन्ट्री भएसंगै अवैध रुपमा बनेका संरचना भत्काउने अभियान सुरु भयो । यो अभियानमा अवैध संरचना भत्काउनु त स्वागतयोज्ञ नै हो तर केहि व्यक्तिको भने वैध संरचना पनि भत्काउनु चाँहि पक्कै पनि न्यायोचित होईन् ।

महानगरको उक्त अभियानको डोजरले सोह्रखुट्टेमा रहेको एक वृद्ध महिलाको नक्सा पास भएकाे घरमा पनि क्षति पुर्याएकाे छ। विशेष गरि महानगरको १६ वडाका अध्यक्ष मुकुन्द रिजालको दादागिरिले उक्त वृद्धा महिलाको वैध संरचना अर्थात नक्सा पास गरेर बनाएको घरमा डोजर चलाईएको हाे ।

चुनावको बेला सहयोग नगरेको निहुमा उनको नक्सा पास गरेको घरमा वडाध्यक्ष रिजालको निर्देशनमा डोजर चलाईएको हो । चुनावका समयमा सहयोग नगरेको रिस पोख्दै अवैध रुपमा बनेका संरचना भत्काउने क्रममा सोह्रखुट्टेस्थित पदमा देवि श्रेष्ठको घरमा १६ नम्बर वडाका अध्यक्ष रिजालले डोजर चलाएका हुन् ।

पदमा देवी लगायतका परिवारले नक्सा पास भएको जानकारी दिदा दिदै पनि डोजर चलाइएको हो । डोजरले घरको धेरैभाग क्षति पुर्याएको छ । वडा अध्यक्ष रिजालले हिन्दी फिल्मकाे भिलेन पाराले ‘टेलर देखा अब फिल्म देखाउँगा’ डाइलग बोल्दै घरमा डाेजर चलाएर क्षति पुर्याएको पिडित श्रेष्ठको भनाई छ ।

उक्त घरको नक्सा पास भएको र १.५ मिटर बाटोको लागि छोडेर घर निर्माण गरिएको नक्सामा उल्लेख छ । यसरी व्यक्तिको रिसले वडा अध्यक्षले गरेको उक्त दादागिरिले यता निर्दाेष मानिसहरुले दुख पाउने त निश्चत नै छ उता महानगरको बदनाम पनि हुने नै छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email