News

रविको कोर एरियाको ब्यालेट खुल्यो, हाने जम्प !

काठमाडौँ – चितवन क्षेत्र नम्बर २ मा मंगलबार बिहान ४ बजेसम्म आइपुग्दा प्रतिस्पर्धा कसिलो हुँदै गएको छ। यहाँ पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका उम्मेदवारहरूले आपसी मतान्तर घटाउँदै लगेका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्। उनले १९३३ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठले १६९६ मत ल्याएका छन्।

पोखरेल र श्रेष्ठबीचको मतान्तर २३७ छ। राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने लागातार तेस्रो स्थानमा छन्। तर उनले पनि आफूभन्दा अगाडिका प्रतिस्पर्धीहरूको तुलनामा मतान्तर घटाएका छन्। उनले १५५३ मत पाएका छन्। रवि लामिछाने र उमेश श्रेष्ठबीचको मतान्तर १४३ मात्र छ। जबकि रवि र पोखरेलबीच ३८० को मतान्तर छ।

सागर ढकालभन्दा दोब्बर मतले देउवा अगाडि, कर्ण मल्ल तेस्रो स्थानमा काठमाडौं– एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले फराकिलो अग्रता बढाउँदै लगेका छन्।

जम्मा १० हजार ९७० मतगणना हुँदा सभापति देउवाले ५ हजार ६२१ मत प्राप्त गरेका छन्। यता स्वतन्त्र उम्मेदवार सागर ढकाल देउवाभन्दा दोब्बर मतले पछि रहेका छन्। उनले २ हजार ५९९ मत प्राप्त गरेका छन्।यता कांग्रेस बीपीका कर्ण मल्ल भने १६३६ मतसहित तेस्रो स्थानमा छन्। गनिएका मतमध्ये हालसम्म ६८४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

पाँचथरमा एमालेका बसन्तकुमार नेम्वाङको अग्रता पाँचथरको पछिल्लो मत अपडेट प्राप्त भएको छ। एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा एमालेका बसन्तकुमार नेम्वाङले अग्रता लिएका छन्। यस्तो छ पछिल्लो मत विवरण- बसन्तकुमार नेम्वाङ/एमाले- १०३३ भीष्मराज आङ्देम्वे/कांग्रेस- ९५४ यस क्षेत्रबाट २०७४ मा एमालेका नेम्वाङ विजयी भएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email