News

सांसद बन्ने सर्वेन्द्र खनालको सपना चकनाचुर, घन्टीले नराम्रोसँग पछि पार्यो !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले काठमाडौं ६ मा अग्रता फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो ४२०० मत गन्दा खनाल १५०२ मतसहित अग्रस्थानमा छन् । दुई हजार एक सय २३ मतगणना हुँदा दोस्रो मत नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले प्राप्त गरेका छन् ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार खनालले सात सय १६ मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन्।

दुई हजार एक सय २३ मतगणना हुँदा दोस्रो मत नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले प्राप्त गरेका छन् । उनले चार सय ९२ र नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले चार सय ८२ मत प्राप्त गरेको निर्वाचन अधिकृत खनालले बताइन्।

काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमा १३ विभिन्न राजनीतिक दल र ११ स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ६२ हजार एक सय दुई मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३९ हजार ६६ मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email