News

चितवन २ मा चमत्कार हुदै, कालिका १ को ८७५ मत गन्दा रविलाई ५४९

चितवन २ को ताजा अपडेट प्राप्त भएको छ ।जस अनुसार कालिका १ मा ८७५ मत गन्दा कृष्णभक्त पोखरेल ११५, रवि लामिछाने ५४९ , उमेश श्रेष्ठ १४६ मत प्राप्त गरेका छन ।यो संगै रविले कुल ३५२७ मत प्राप्त गरेका छन भने नेकपा एमालेका कृष्णभक्त पोखरेलले ३७३८ मत प्राप्त गरेका छन् ।

यस अगाडी झन्डै ६४५ मतले लिड गरिरहेका पोखरेललाई रविले जित्नको लागि २१२ मतको आबश्यकता पर्छ ।जुन अर्को अपडेटमा सहजै प्राप्त हुने देखिन्छ । त्यस्तै नेपाली काँग्रेसका उमेश श्रेष्ठले भने अहिले सम्म ३३६२ मत प्राप्त गरेका छन् । उनि तेश्रो स्थानमा रहेर रविलाई पछ्याइरहेका छन् ।

अहिले सम्म चितवन २ मा ११२८० मत गणना गरिएको छ । यस अघि चितवन क्षेत्र नं २ का उमेदवार रवि लामिछानेले कालिका नगरपालिकाको मत गणना सुरु गरेपछि आफुले अग्रता लिने बताएका थिए । इच्छाकामना गाउँपालिकाको मत गणना सकिँदा एमालेका कृष्णभक्त पोखरेलले अग्रता लिएका थिए ।

मतगणना स्थलमा सञ्चारर्मीहरुसँग कुराकानी गर्दै लामिछानेले इच्छाकामना गाउँपालिकामा अपेक्षा गरेको भन्दा धेरै मत आएको बताएक थिए । उनले अब कालिका नगरपालिकाको मत गन्न सुरु भएपछि आफुले अग्रता लिने दाबी गरेक थिए । उनले भनेका थिए इच्छाकामनाको सबै ठाउँमा पुग्न भ्याएको थिइन् ।

‘जति आएको छ, हामीले अपेक्षा गरेको भन्दा धेरै हो’ ।त्यस्तै काठमाडौं क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट राप्रपाका सुनील केसी विजयी भएका छन् ।केसीले ६ हजार ५९८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारको ५ हजार ७६ मत प्राप्त गरेका छन् ।

उता मधेश प्रदेशसभामा जनमत पार्टीले खाता खोलेको छ ।सप्तरी-२ (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् ।उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन् ।

उमेशले जम्मा ७ हजार २३ मत मात्र पाएका छन् ।उता झापा क्षेत्र नम्बर ४ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु प्रसाद ढकालले नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बुलाई उछिनेका छन् ।पछिल्लो मतगणनाको परिणामअनुसार १७ हजार ७७० मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले पाँचहजार ९६८ मतसहित पुनः अग्रता कायम गरेका छन् ।

एमालेका लिम्बु पाँचहजार ७३३ मतसहित पछ्याउँदै छन् ।यसैगरी नेपाली कांग्रेसका देउ कुमार थेबेले तीनहदजार ९२३ मत रहेको छ ।त्यस्तै मोरङ– ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । सो पार्टीका उम्मेदवार सुनील शर्मा एमालेका प्रतिस्पर्धी भानुभक्त ढकालभन्दा दोब्बर मतले अगाडि छन् ।

प्राप्त मत परिणामअनुसार शर्माले ३ हजार १ सय ३२ मत ल्याएका छन् । एमालेका ढाकालले १५ सय ७९ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उठेकी अभिनेत्री रेखा थापालाई ९०५ मत आएको छ । यस क्षेत्रमा कांग्रेसका बागी उम्मेदवारले १५७ मत ल्याएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email