समानुपातिकतर्फ एक लाख मत कटाएर एमाले बन्याे पहिलो, अन्य कुन दलको कति ?

नेकपा एमालेले प्रतिनिधिसभातर्फ समानुपातिकमा एक लाख मत कटाएको छ । पछिल्लोपटक निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार उसले १ लाख ३ हजार ७६८ मत ल्याएको छ ।दोस्रोमा रहेको कांग्रेसले ८८ हजार ४४४ मत पाएको छ भने तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४६ हजार ६७८ मत पाएको छ ।
महेश बस्नेतले ह्वात्तै मतान्तर घटाए भक्तपुर २ मा सुरुदेखि नै पछि परिरहेका नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले ह्वात्तै मतान्तर घटाएका छन् । पछिल्लो अपडेटमा १ हजारभन्दा धेरैले पछि परेका उनले मतान्तर घटाएका हुन् ।
पछिल्लो समय कांग्रेसका दुर्लभ थापाको १६,३७३ मत छ भने महेश बस्नेतको १५,७१७ मत छ ।काठमाण्डौ ३ मा कांग्रेसको अग्रता, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा काठमाण्डौ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले अग्रता बनाउनुभएको छ ।
पछिल्लो मत परिणाम अनुसार उहाँले ९ हजार २६५ मत प्राप्त गर्नुभएको छ ।यस्तै एमाले उम्मेदवार कृष्णबहादुर राईले ७ हजार २४ मत पाउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गा विक्रम थापा क्षेत्रीले ३ हजार ७७५ मत प्राप्त गर्नुभएको छ ।