फेरी सांसद बन्ने झाँक्रीको सपना चकनाचुर, हार भयो पक्का !

फेरी सांसद बन्ने झाँक्रीको सपना चकनाचुर, हार भयो पक्का !
काठमाडौं – गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धन पछि परेको छ। नेकपा एकीकृत समाजवादीको भागमा परेको गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार राम कुमारी झाँक्री पछि परेकी हुन्।
उनलाई नेकपा एमालेका गोकर्ण विष्टलाई निरन्तर पछि पारिरहेका छन्। मतगणनाको सुरुवात देखि नै झाँक्रीलाई विष्टले पछि पारिरहेका छन्। झाँक्री विष्ट भन्दा २ हजार १ सय २४ मतले पछि रहेकी छन्।
झाँक्रीले अहिले सम्म ९ हजार ६ सय ९८ मत प्राप्त गर्दा विष्टको मत १२ हजार पुग्न लागिसकेको छ। पछिल्लो अपडेट अनुसार विष्टले ११ हजार ८ सय २२ मत प्राप्त गरिसकेका छन्। तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रहेका छन्। सो पार्टीका युवराज घिमिरेले मात्रै १ सय ८४ मत प्राप्त गरका छन्।
चितवन २ मा रवि लामिछानेले लिए अग्रता, एमालेका पाेखरेल पछि परे
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । कालिका नगरपालिकामा मतगणना सुरु भएपछि रविले ह्वात्तै मत बढाएर अग्रता लिएका हुन् ।मंगलबार दिउँसो २ बजेसम्म भएको मतगणनाअनुसार लामिछानेले ४००७ मत पाएका छन् ।
एमालेका कृष्णभक्त पोखरेल ३८७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० प्राप्त गरेका छन् । सहरी एरियामा मत गन्न सुरु भएकाले अब रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढ्ने बताइन्छ ।
नेमकिपाकाे गढमा एमालेकाे अग्रता कायमै
भक्तपुर १ मा एमालेका नवराज गेलालले आफ्नो अग्रता कायममै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गेलालले ६८१७ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एवं नेमकिपाबाट निवर्तमान सांसद प्रेम सुवालले ५२५९ मत प्राप्त गरेका छन् । मत गणना सुरु भएदेखि नै गेलालले अग्रता लिइरहेका छन् ।