मत गन्दागन्दै भेटियो ‘प्रदेश खारेज गर’ लेखिएको मतपत्र

म्याग्दीको प्रदेशसभा क्षेत्र (२) बाट नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली निर्वाचित भएका छन् । नौ हजार ४५४ मत ल्याएर जुग्जाली गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।सत्तारुढ गठबन्धनको समर्थन पाएका जुग्जालीका प्रतिस्पर्धी नेकपा एमालेका यामबहादुर जुग्जालीले नौ हजार ३५३ मत पाएका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए ।
१०१ मतान्तरले रेशम निर्वाचित भएका हुन् ।३७ हजार ६४८ जना मतदाता रहेको प्रदेशसभा क्षेत्र (२) मा आइतबार भएको निर्वाचनमा २१ हजार सात मत खसेको थियो । ३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक हुन् ।उता नवलपरासीको बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रसेन ठकुरीले अग्रता कायमै राखेका छन्।
ठकुरीले ७ हजार ३ सय ९१ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका विनोद चौधरीले पछ्याइरहेका छन्। चौधरीले ६ हजार ८ सय ९० मत प्राप्त गरेका छन्। दुई बीच मतान्तर ५ सय १ छ। त्यस्तै जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले ५ हजार ५ सय ८९ मत प्राप्त गरेका छन्।
चौधरी पहिलोपटक प्रत्यक्ष तर्फ निर्वाचन लड्न नवलपरासी पश्चिम पुगेका हुन्। त्रिपाठीले विगतमा पाँच पटक निर्वाचन जितिसकेका छन्। त्यस्तै गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्। उनले एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई पछि पारिरहेका छन्।