News

स्पोर्ट बाइकमा चढेर स्टन्ट देखाउने एक युवती प’क्राउ

काठमाडौँ । सडकमा स्पोर्ट बाइकमा चढेर स्टन्ट देखाउने एक युवती पक्राउ परेकी छिन् । यी युवतीले आफ्नो बाइक स्टन्टको भिडियो सामाजिक संजालमा शेयर गरेकी थिइन् ।उनको त्यो भिडियो भाइरल भएपछि उनी पक्राउ परेकी हुन् ।

यी युवतीले स्टन्ट देखाएको पछिल्लो भिडियो भारतको गुजरात राज्यको सुरत शहरमा खिचिएको बताइएको छ ।भिडियोमा उनले सुरतको सडकमा हात छोडेर बाइक कुदाइरहेकी थिइन् । उनलाई यसरी बाइक चलाएर अन्य यात्रुको ज्यान जोखिममा पारेको आरोप लगाइएको छ ।

यी युवती बारडोलीकी भएको बताइएको छ । उनी त्यहाँबाट केवल बाइक स्टन्टको भिडियो बनाउनका लागि ४२ किलोमिटर टाढा सुरत शहर जाने गरेकी थिइन् ।पुलिसले यी युवतीलाई पक्राउ गरेको छ । उनीमाथि कोरोना गाइडलाइन अनुसार मास्क नलगाएको आरोप पनि लगाइएको छ ।

संजना नामकी यी युवती कलेजमा ग्रयाजुएसन दोस्रो वर्षकी छात्रा हुन् ।उनको इन्स्टाग्राममा ३.२७ लाख फलोअर छन् । उनले अहिलेसम्म ८० भन्दा धेरै बाइक स्टन्टका भिडियो बनाइसकेकी छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email