News

अन्ततः बालेन र हर्क बीच मिल्यो कुरा, बालेनले दिए हर्कलाई गज्जबको सरप्राइज !

काठमाडौँ – एकताका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ एकअर्काका विरोधीझैँ देखिएका थिए। उनीहरूबीच सामाजिक सञ्जालमा भनाभन भइरहन्थ्यो काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङबीचको केही समयअघि निकै मनमुटाव देखियो ।

खासगरि, साम्पाङले बालेनविरुद्ध धारावाहिकरुपमा फेसबुकमा स्टाटस लेख्दै आपसी तिक्तता बढाए ।तर, अहिले आएर उनीहरुबीच फेरि सौहार्दता छाएको संकेत देखिएको छ । बालेनले हर्क साम्पाङको एउटा फेसबुक पोस्टलाई आफ्नो समर्थनसहित सेयर गरेका छन् । हर्कले धरानमा कोशीको पानी ल्याउने विषयमा स्टाटस लेखेका थिए ।

खासगरी साम्पाङले शाहका कुरा काट्ने गरेका थिए। तर अहिले उनीहरूबीच मिलन भएको संकेत मिलेको छ। साम्पाङले संसदीय निर्वाचनको जारी मत गणनामा आफ्नो क्षेत्रबाट जसले जिते पनि कोसीको पानी धरान ल्याउने आफ्नो योजनामा सहयोग गर्नुपर्ने भनेर फेसबुकमा लेखेको स्टाटस सय प्रतिशत ठीक भनेर बालेन्द्रले सेयर गरेका छन्।

साम्पाङले लेखेका छन्, ‘जो जितेर गए पनि कोसीको पानी धरानमा ल्याउने मेरो योजनालाई सहयोग गर्न भूमिका खेल्नुपर्छ। अन्यथा वहाँ धरान नआए पनि हुन्छ।’ यसलाई सेयर गर्दै बालेन्द्र शाहले लेखेका छन्, ‘ठ्याक्कै सय प्रतिशत।’ यसमा ‘खेमराज खनाल’ नामका सामाजिक सञ्जाल प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘कुरा मिलिराको छ अब दुवै जनाको।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email