News

अवैध बाटो हुदै पोर्चुगल छिर्ने क्रममा नेपाली चेली सञ्जिताको जंगलमै नि’धन !

काठमाडौं ।स्लोभानियाको जंगलमा एक नेपाली चेलीको दुखद निधन भएको खबर बाहिरिएको छ । क्रोएसियाबाट युरोपियन मुलुक पोर्चुगल छिर्ने क्रममा सिन्धुपाल्चोकस्थित इन्द्रावती–८ की सञ्जिता गोतामेको निधन भएको हो ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्रोएसियाका अनुसार गोतमेको मंसिर ६ गते निधन भएको हो । उनि रोजगारीको सिलसिलामा क्रोएसिया आएको बुझिएको छ ।उनको निधनपछि समितिले दुखद् घटना घटेको भन्दै सामाजिक सञ्जालमार्फत श्रद्धान्जली अर्पण गर्दै शवलाई नेपाल पठाउने तयारी थालेको छ ।

गोतामेको परिवारले शव नेपाल पठाइदिन आग्रह गरेपछि समितिले भियनास्थित राजदूतावासमार्फत आवश्यक तयारी थालेको छ ।पछिल्ला केही महिनायता क्रोएसियाबाट पोर्चुगल लगायत युरोपियन मुलुकहरुमा स्थान्तरण गर्ने क्रम बढ्दो छ । अधिकांश नेपालीहरु राहदानी

फ्याँकेर र बिचौलियालाई बुझाएर अबैधानिक बाटो हुँदै पोर्चुगल लगायतका मुलुकहरुमा छिर्ने क्रम बढ्दो छ । फ्रान्सस्थित राजदुतावासले पनिराहदानीको दुरुपयोग गरी सवार नगर्न सबै नेपाली समक्ष आग्रह गरेको छ । उसले जिउ ज्याननै धरापमा राखेर अवैधानिक रुपमा कुनैपनि मुलुकमा प्रवेश नगर्न अनुरोध गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email