News

पढाइ छाडेर बिच्छी खोज्न थालेका यी व्यक्ति बिच्छीकै कारण २५ वर्षकै उमेरमा बने करो’डप’ति

केही वर्षअघि आर्कियोलोजीमा डिग्रीको पढाइ छाडेर मरुभूमिमा बिच्छी खोज्न थालेका एक युवक अहिले करोडपछि बनेका छन् । इजिप्टका २५ वर्षका मोहम्मद हाम्दी बोश्ता बिच्छीको वि`ष बेच्छन् । यो विचित्रको सोखले आफूलाई यति धनी बनाउला भनेर उनले आफैंले पनि सोचेका थिएनन् ।

अहिले उनले १ ग्राम वि`षको लागि १० हजार डलर (११ लाख ८० हजार रुपैयाँ) मूल्य पाउँने गर्दछन् । रोयटर्सका अनुसार इजिप्टको मरुभूमि र समुद्रका तटीय क्षेत्रमा बिच्छी समात्नको लागि हाम्दीले केही वर्ष पहिले आर्कियोलोजीमा डिग्रीको पढाइ छाडेका थिए । उनी यी बिच्छीबाट वि`ष निकाल्छन् जसको प्रयोग औषधि बनाउन गरिन्छ ।

केवल २८ वर्षको उमेरमा मोहम्मद हाम्दी कायरो भेनम कम्पनीका मालिक बनेका छन् । यो यस्तो परियोजना हो जहाँ अलग अलग प्रजातिका ८० हजारभन्दा धेरै बिच्छी र सर्प पालिएका छन् ।
यी सर्प र बिच्छीको वि`ष निकालेर औषधि बनाउने कम्पनीलाई बेचिन्छ । युभी लाइट अर्थात पारावैजनी प्रकाशको सहयोगले समातिएका बिच्छीको वि`ष निकाल्नको लागि उनीहरुलाई हल्का बिजुलीको झट्का दिइन्छ ।

झट्का लाग्ना साथ उनीहरुको वि`ष बाहिर आउँछ र यो वि´ष लाई भण्डार गरेर राखिन्छ । रोयटर्सको रिपोर्टका अनुसार बिच्छीको एक ग्राम वि`ष बाट २० हजारदेखि ५० हजारसम्म एन्टिभेनम (वि`ष प्रतिरोधी औषधि) डोज बनाइन्छ । एन्टिभेनम औषधि तयार गर्दा बिच्छीको वि`षको परिमाणमा निकै सावधानी अपनाइन्छ । मोहम्मद हाम्दीले बिच्छीको यो वि`ष युरोप र अमेरिकामा आपूर्ति गर्छन् ।

त्यहाँ यो वि`षको प्रयोग एन्टिभेनम औषधि र हाइपरटेन्सनको औषधि बनाउन गरिन्छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको रिपोर्टअनुसार अमेरिकामा मात्र हरेक वर्ष ८० हजार मानिसहरुलाई वि`षालु सर्प वा बिच्छीले टोक्छन् । यसरी टोकिएपछि ती बिरामीलाई तत्काल उपचारको आवश्यकता हुन्छ । यी बिरामीको उपचारमा वि`षबाटै बनाइएका एन्टिभेनम औषधि प्रयोग गरिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email