केही दिनमा नै पुरानो दादलाई चैट पार्ने चमत्कारिक घरेलु औषधीको बारेमा पढनुस…

शरीरको विभिन्न भागमा जस्तै घाँटी, गर्दन, हात, पाखुरा वा अन्य भागमा आउने दाद एक जटिल समस्या हो। दाद जुनसुकै उमेर समूहका मानिसमा पनि देखिने समस्या हो। दादबाट छुटकारा पाउनको लागि जत्ति औषधी उपचार गरे पनि यो बारम्बार बल्झिरहने हुन्छ।
१) दादको औषधी उपचार गर्न धेरै पैसाका साथ समय पनि खर्च हुन्छ तर यो पूर्ण रुपमा भने निको नहुने र बारबार बल्झिने समस्याले सताईरहेको हुन्छ ।
आज हामी यस्तो अचुक घरेलु उपचार विधिको बारेमा बताउन गइरहेका छौँ, जसले पुरानो भन्दा पुरानो वा जिद्धी दादलाई सधैँका लागि हटाउन मद्धत गर्दछ।
२) बनाउने विधि: सुरुमा एउटा वा आधा तीते करेलालाई सानो सानो टुक्रामा काटी यसलाई पिसेर पेस्ट बनाउने। अब एउटा सफा कचौरामा एक चम्चा नरिवलको तेल र एक दाना कपुरलाई पाउडर बनाएर मिसाउने।
कपुर ९पुजा गर्न प्रयोग गरिने० नरम हुने भएकोले हातले नै पाउडर बनाउन सकिन्छ। यी दुई सामग्रीलाई राम्ररी मिसाईसकेपछी यसमा एक चम्चा तीतेकरेलाको पेस्ट राखेर मज्जाले मिसाउने। यो मिक्स्चर पेस्ट तयार भए पछी ।
३) लगाउने विधि: शरीरको जुन भागमा दाद छ, त्यो भागमा यो पेस्ट लगाएर रातभर यत्तिकै रहन दिनुहोस र बिहान उठेपछी यसलाई राम्ररी धुनुहोस्।
यो उपचार विधि प्रयोग गरेको केहि दिनमै जस्तोसुकै पुरानो र जिद्धी दाद पनि हटेर जानेछ। यो १०० प्रतिशत प्राकृतिक र लाभदायी विधि हो।
यो पनि पढ्नुहोस
काठमाडौँ । कपाल सुन्दर बनाउन कसलाई रहर हुँदैन र ? कपालले मान्छेको व्यक्तित्व राम्रो देखिन्छ। कपालमा मेहन्दी लगाउनुअघि ध्यान दिनुपर्ने कुरा निम्न छन्ः
एक पटक मेहन्दी लगाउँदैमा केही महिनासम्म ढुक्क भयो भनेर सोच्नु हुँदैन । मेहन्दी लगाएको कपाल केही दिन राम्रो देखिन्छ। तर यसलाई राम्रोसँग हेरचाह गर्ने सकिएन भने केहि दिनपछि कपाल झर्ने समस्या हुन सक्छ।
मेहन्दी लगाएपछि कपाल सफा गर्दा सधैँ चिसो पानीले नै गर्नुपर्छ। यसले कपालमा मेहन्दीको रङलाई धेरै समयसम्म रहन दिन्छ।
महेन्दी लगाएपछि तपाईंले धोएको कपालको पानी नतैरियोस् भन्नका लागि हल्का रङको तौलिया र हल्का रङको कपडा लगाउनु राम्रो हुन्छ । यदि त्यस्तो गरिएन भने महेन्दी लगाउँदा कपडामा कपालको रङ सर्न सक्छ।
कपाल मेहन्दी लगाएपछि कपाललाई छिटोछिटो धुनु हुँदैन। यसले कपालबाट मेहन्दीको रङ छिट्टै फिका हुँदै जान्छ।
कपालमा मेहन्दी लगाएपछि, कपाललाई राम्रोसँग सफा गरिएन भने कपालमा चाया पनि पर्न सक्छ। त्यसैले कपालबाट मेहन्दी सफासँग पखाल्नु पर्छ। कपालमा मेहन्दी लगाउनुभन्दा अगाडि पञ्जा लगाउनु पर्छ। नत्र तपाईंको हातमा कलर लाग्न सक्छ।