हरेक दिन अलिकति सा सुलाइ बि ष खुवाउने यी बुहारी …………

आरती नाम भएकी एउटी युवतीको बिहे भयो । बिहेपछि आरती आफ्नो पति अनि सासू–ससुराका साथमा पतिघरमा बस्न थालिन् । केही दिनमै उनलाई महसुस भयो उनकी सासूसँग उनको सम्बन्ध सहज हुनेवाला छैन । सासूका साथमा बसेर बाँकी जीवन बाँच्न उनलाई असह्य कष्टकर हुने देखियो । सासू पुरानो विचारकी,बुहारी आधुनिक सोचाइकी । कुरा कसरी मिल्नु र रु दिनहुँ भनाभन हुन थालिहाल्यो ।
दिन बिते,महिना बिते र वर्ष पनि बित्यो । न त सासूले बुहारीका विषयमा तीता टीकाटिप्पणी गर्न छाडिन् न त बुहारीले मुख फर्काउन । समस्या झन्भन्दा झन् खराब हुँदै गयो । आरती आफ्नी सासूलाई एकदम घृणा गर्न थालिन् ।
जब समाजका अन्य मानिसका अगाडि उनले सासूप्रति आदरभाव र शिष्टता प्रकट गर्नुपर्ने अवस्था आइलाग्थ्यो, उनलाई असह्य हुन्थ्यो । उनी सासूबाट छुटकारा पाउने उपायका बारेमा सोच्न लागिन् । तर हाम्रो समाज यही हो, भनेजति सजिलै सासूबाट मुक्ति मिल्दैन । त्यसमाथि लोग्नेले त्यस समस्यालाई वास्तै गरिदिएन भने नारी एक्लैले विद्रोह गरे पनि केही हुनेवाला छैन ।
एक दिन उनको सासूसँग निकै नराम्रो गरी झगडा भयो । लोग्नेले आमाको पक्षमा लागेर उनैलाई दोषी भनिदिए । उनी निराश, दुःखी र क्रोधित भएर माइत पुगिन् । आरतीका पिता आयुर्वेदका डाक्टर थिए । उनले पितालाई आफ्नो दुखेसो रुँदैरुँदै सुनाइन् । अन्त्यमा उनले भनिन्– ‘हजुरले अब मलाई कुनै कडा विष दिनुपर्यो । म त्यस दुष्ट बूढीलाई खानामा मिलाएर खुवाइदिन्छु । विष दिनुहुन्न भने म त्यस घरमा अब कहिल्यै पाइलो राख्तिनँ ।’
पितालाई छोरीको दुःखले दुःखी बनायो । उनले छोरीलाई प्रेमपूर्वक शिरमा थप्थपाए । उनले भने– ‘छोरी १ तिमीले आफ्नी सासूलाई विष खुवाएर मार्यौ भने ढिलोचाँडो पुलिसले पत्ता लगाएरै छाड्छ ।
तिमी जेल जानेछौ र मलाई पनि पुलिसले जेलको ढोकाबाट भित्र छिराउनेछ, किनभने विष दिएर षड्यन्त्रमा सघाएको आरोप मलाई पनि लाग्नेछ । यसो गर्नु ठीक हुँदैन ।’ तर आरती आफ्नो ढिपीमा अडिग रहिन् । उनले भनिन्– ‘हजुरले मलाई विष दिनैपर्छ । जस्तोसुकै आपत् आइलागोस् बरु,तर अब म त्यस बूढीको मुख हेर्न चाहन्नँ ।’
पिताले केहीबेर सोचेपछि भने–‘त्यसो भए तिम्रो खुसी ‘।। म के गर्न सक्छु र रु तर तिमीलाई पुलिसले हत्कडी लगाएर जेलमा हालेको देख्न म सक्तिनँ । मैले जसो भन्छु त्यसो गर्छौ भने मात्र म तिमीलाई विष उपलब्ध गराउन सक्छु । हुन्छ भने‘हुन्छ’भन ‘।’
‘मैले के गर्नुपर्छ त रु’आरतीले भनिन् स् पिताले विषको एउटा पुरिया हातमा दिँदै भने–‘तिमीले हरेक दिन यो विषको एक चिम्टी मात्र सासूको खानामा सुटुक्क मिसाउनुपर्छ । विषको यति थोरै मात्राले कोही मरिहाल्दैन,बरु बिस्तारैबिस्तारै नजानिदो गरी शरीर शिथिल हुन्छ,भित्रभित्रै ऊ रोगाउँदै जान्छ र छ महिनाजतिमा मानिस मर्छ ।
तिम्री सासूलाई तिमीले दिनहुँ अलिअलि विष खुवायौ भने उनी विषका कारणले हैन प्राकृतिक कारणले मरेकी हुन् भनेर सबैलाई विश्वास हुन्छ ।’
पिताले फेरि भने–‘तर तिमीले यो काम अत्यन्त होसियारीपूर्वक गर्नुपर्छ । ज्वाइँसाहेबलाई कत्ति पनि शङ्का हुनुहुँदैन । कुनै कारणवश तिमीले लापर्बाही गरिहाल्यौ भने तिमी र म दुवै जीवनभर जेलमा सड्नेछौँ ।
बुझ्यौ हैन कुराको गम्भीरता रु त्यसैले आजदेखि उप्रान्त तिमीले सासूसँग झगडा गर्न भएन,बरु उहाँको ठीकसँग सेवा गर्नू । कसैले तिम्रो बारेमा टीकाटिप्पणी गरिहाल्यो भने पनि तिमीले चुपचाप सुन्नू ।
कुनै पनि किसिमले जबाफ नफर्काउनू । भन,यो सब गर्न सक्छौ रु’ आरतीले सोचिन्–‘के भो र,पाँच–छ महिनाको कुरा त हो । त्यसपछि त बूढी मरिहाल्छे । यति समय त सहनै पर्यो नि ।’ उनले पिताको आदेश पूर्ण रुपले पालन गर्छु भनेर विषको त्यो पुरिया लिएर गइन् ।
घर आइपुगेको भोलिपल्टैदेखि उनले सासूको खानामा हरेक दिन बडो होसियारीपूर्वक अलिअलि गर्दै विष मिलाउन थालिन् । उनले सासूका प्रतिको व्यवहारमा पनि परिवर्तन ल्याइन् । बूढीका तीता वचन पनि चुपचाप सहिन् ।
जतिसुकै रिस उठे पनि उनी त्यो रिस दबाएर अनुहारमा मुस्कान ल्याउन प्रयत्न गर्थिन् । उनी आफ्नी सासूको सेवा र टहल गर्न पनि थालिन् । राति सुत्ने बेलामा गोडासमेत थिचिदिन्थिन् । बूढी अब केही महिनाकी पाहुना मात्र थिइन्, त्यसो भएकाले बूढीका हरेक इच्छा पूरा गर्न उनी प्रयत्न गर्थिन् । उनका सबै कुरा सुनिदिन्थिन् ।
आरतीले सासूलाई मन पर्ने खाना र खाजाहरु तयार गरिदिन्थिन् । सोधीसोधी नयाँनयाँ परिकार बनाएर दिन्थिन् । सासूको राम्रो ख्याल गर्न थालिन् । उनका आज्ञा पालन गर्न थालिन् । केही हप्तामा सासूको व्यवहारमा परिवर्तन आयो । आफ्नो कुरामा बुहारीले जबाफ नफर्काएकाले बूढीको कचकचमा कमी आयो । बूहारीले आफ्नो सेवाशुश्रूषा गर्दा अब बूढी आशिष दिन पनि थालिन् । छरछिमेकमा आफ्नी बुहारीको बारेमा नचाहिँदा टिप्पणी गर्न पनि छाड्दै गइन् ।
बिस्तारैबिस्तारै समय बित्तै गयो । आरती हरेक दिन नबिराई विषको मात्रा बूढीको खानामा मिलाउँथिन् । चार महिना बितेपछि उनले विषको मात्रा अलिअलि गर्दै बढाउन पनि थालिन् । केही दिनमा विषको मात्रा पूरा भयो । यता उनको घरको वातावरण भने एकदम बदलिइसकेको थियो । सासू–बुहारीको झगडा एकादेशको कथा भइसकेको थियो । छिमेकी आइमाईहरुसँग आफ्नी बुहारीको निन्दा गर्न नथाक्ने सासू अब आफ्नी बुहारीको प्रशंसामा समय बिताउन थालिन् ।
बिस्तारै सासूले उनको पनि धेरै ख्याल गर्न थालिन् । बुहारीसँगै खान नपाउँदा उनलाई खाना खाएजस्तै हुन छाड्यो । सुत्नुअघि बुहारीसँग प्रेमपूर्वक बोलीचाली गर्न पाइनन् भने उनी रातमा ठीकसँग सुत्न पनि सक्न छाडिन् ।
छैटौँ महिना लाग्ने बेलासम्ममा आरतीले विचार गरिन्– सासू उनलाई आफ्नै छोरीलाई झैँ माया गर्न थालेकी छन्।
हेर्दाहेर्दै आरतीले आफ्नी सासूमा आफ्नी आमाको प्रतिबिम्ब देख्न थालिन् । आफूले खुवाएको विषको असरले सासू मर्ने दिन नजिकिँदै आयो । आरतीलाई यस कुराले चिन्तित बनाउन थाल्यो । अब उनलाई लाग्न थाल्यो सासू नमरिदिऊन् ।