एक करोडले लिए राष्ट्रिय परिचयपत्र

माग गरेका छौं ।’ यद्यपी कार्डका उपदेयिता प्रष्ट भइनसकेकाले यसमा सर्वसाधरणको चासो छैन । परिचयपत्र नम्बर नै राहदानी बनाउने तथा विभिन्न परीक्षाका लागि पर्याप्त हुन्छ ।
कार्ड लिन पनि बायोमेट्रिक विवरण दिनुपर्ने
राष्ट्रिय परिचय लिन पनि निकै झन्झटिलो प्रावधान राखिएको छ । कार्ड लिने सम्बन्धित व्यक्ति आफैं गएर मात्र हुँदैन, १० औंलाको बायोमेट्रिक विवरण समेत दिएपछि मात्र कार्ड जारी हुन्छ । बायोमेट्रिक विवरण दिएपछि मात्र कार्ड जारी हुने सिष्टम बनेको विभागका निर्देशक ढकालले बताए ।
अहिले कार्ड नम्बर लिनका लागि बायोमेट्रिक दिन नै भिडभाड हुने गरेको छ । कार्ड लिन समेत बायोमेट्रिक दिनुपर्ने भएपछि एकै कर्मचारीलाई दोहोरो जिम्मेवारी हुन्छ । यस्तो अवस्थामा भिडभाड थप बढ्ने अवस्था छ ।
त्रुटी सच्याउन सकस
राष्ट्रिय परिचयपत्रको विवरणमा कुनै त्रुटी भएमा सच्याउन भने समस्या कायमै छ । परिचयपत्र छपाई नभईकन विवरण सच्याउन मिल्दैन । यससम्बन्धि सफ्टवेयर नै त्यस्तो बनेकाले समस्या भएको विभागका प्रवक्ता लक्ष्मण ढकाल बताउँछन् । ‘विगतमा यस्तै विदेशी सफ्टवेयर खरिद गरिएको रहेछ, परिचयपत्र छपाई नभईकन सच्याउन मिल्दैन,’ उनले भने ।
नया पत्रिका दैनिकमा खबर छ