यी नै हुन् आज अछाममा पहिरोमा पुरीएर ज्या’न गुमाएका एकै परिवारका ५ जना

यी नै हुन् ! अछाममा पहिरोमा पुरीएर ज्या’न गुमाएका एकै परिवारका ५ जना अछाम पहिरोमा पुरिएर मृ’त्यु हुनेको संख्या १७ पुग्यो, ६ जना अझै बेपत्ता अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृ’त्यु हुनेको संख्या १७ पुगेको छ ।
जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको श’व भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।
रिजालका अनुसार कमलबजार नगरपालिका–६ मा ७ जना, वडा नम्बर ८ मा ५ जना, तुर्माखाद गाउँपालिका–५ मा ४ जना र ढकारी गाउँपालिका–६ मा एक जनाको श’व पहिरोमा पुरिएको अवस्थामा फेला परेका हो ।
तुर्माखाद तुर्माखाद गाउँपालिका–५ मा ५ जना र ढकारी गाउँपालिका–१ मा एक जना अझै बेपत्ता रहेका छन् । उनीहरुको खोजी भइरहेको छ । यस्तै पहिरोमा परेर घा’इते भएका ११ जनाको उद्दार गरिएको छ ।
उनीहरुमध्ये ८ जनाको जिल्ला अस्पताल अछाम र तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमापर्फत सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको सहायक प्रजिअ रिजालले जानकारी दिए ।
अविरल वर्षापछि अछाममा ठूलो जनधनको क्षति गरेपनि विस्तृत विवरण प्राप्त भइसकेको छैन । अहिले बेपत्ताहरुको खोजी र घा’इतेको उद्दारको काम भइरहेकाले क्षतिको विवरण संकलन गर्न नसकिएको स्थानीय प्रशासनले जनाएको छ ।