यी हुन् पुष्पलाई म’ र्न बाध्य पार्ने ब्यापारी !

यी हुन् पुष्पलाई म’ र्न बाध्य पार्ने ब्यापारी !
बिवाह गर्ने बाचा गर्दै इन्गेजमेन्ट गरे , बिहे गर्दैन भन्दै सबै समान फिर्ता गरिदिएर ज्यानै फाल्न बाध्य बनाए
करिब १० महिनाअघि धुम्बाराहीका सुधन संग्रौला दरबारमार्गस्थित केल्मीको सोरुम छिरे ।चीनमा बस्दै आएका सुधन र केल्मी सोरुमका सञ्चालक उत्तम न्यौपानेबीच राम्रै चिनजान थियो ।सोरुममा बसिरहेकी पुष्पा न्यौपानेसँग सुधनको आँखा जुध्यो ।पारिवारिक चिनजान भएकाले सुधन र पुष्पाबीच सजिलै परिचय भयो ।
सुधनले केही समयमा फेसबुकमा पुष्पालाई रिक्वेस्ट पठाए । पुष्पाले एक्सेप्ट गरिन् । दुईबीच कुराकानी बढ्दै गयो । प्रेमिल गफहरु सुरु हुन थाले । सुधनले एक दिन पुष्पालाई भेट्ने प्रस्ताव गरे ।काका उत्तमसँग राम्रै चिनजान भएकाले सुधनलाई पुष्पाले कुरा राख्न सुझाव दिइन् ।
काकाको अनुमतीबिना आफू बाहिर निस्कन नमिल्ने उनको कुरा थियो । ‘केटा राम्रै भएकाले मैले ओके भनिदिएँ’, उत्तम भन्छन् । यी दुई भेट्न थालेको केही समयमा न्यौपाने र संग्रौला परिवारबीच आवतजावत नै सुरु हुन थालेको थियो । उनीहरु चाँडै विवाह बन्धनमा बाँ’ धिने तयारीमा जुटे ।
दुवैजना व्यवसायमा भएकाले घरमा पनि आउजाउ हुन थाल्यो । ‘विजनेस नै गरिरहेको केटो, दुवै जनाले विवाह गर्छौं भनेपछि मञ्जुरी जनाएका थियौं’, मृ’ तककी काका उत्तम न्यौपाने भन्छन्, ‘सबैको मञ्जुरीमा १८ भदौ २०७९ मा बुद्धनगरस्थित घरमा टिकाटालो गरेका थियौं ।’
त्यसयपछि सुधन, पुपाको घरमा आउने जाने गरिरहन्थे । पुष्पा पनि धुम्बाराहीस्थित सुदनको घरमा गइराख्थिन् । तर विवाह भइसकेको थिएन । बरु इन्गेजमेन्ट भएको केही समयबाटै उनीहरुबीच खटपट सुरु भएको पाइएको छ ।पुष्पा इंगेजमेन्टको तस्वीर सामाजिक सञ्जालमा राख्न चाहन्थिन्, भिडियोहरु सुदनलाई मेन्सन गरेर पोष्ट गर्न चाहन्थिन् ।
तर सुदनले स्वीकृति दिएनन् । ‘परिवारका अरुले राख्दा किन ज्वाइँको फोटो नराखेको भनेर मैले पनि सोधेको थिएँ’, काका उत्तम सम्झन्छन्, ‘अहिले नहाल्नु भन्नुभएको छ भनेकी थिइन् ।’दुईबीच यही विषयले खटपट हुन थालेपनि पुष्पाले घर परिवारलाई थाहा हुन दिएकी थिइनन् ।