News

नायक प्रदीप खड्काले मागे भुवन केसीको राजीनामा

नायक प्रदीप खड्काले आक्रोशित हुदै मागे भुवन केसीको राजीनामा कारण यस्तो चलचित्र प्रेमगीत ३ का नायक प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् ।

कात्तिक १ गतेदेखि लागू हुने गरी राति ११ बजेदेखि चलचित्र हल बन्द हुने निर्णय गरेको भन्दै खड्काले केसीको राजीनामा मागेका हुन् ।

विकास बोर्डको यो निर्णय असोज ७ गतेदेखि विश्वभर रिलिज हुन लागेको प्रेमगीत–३ प्रति लक्षित भएको खड्काको आरोप छ ।नायिका तथा निदेृशक झरना थापाले आँफुलाई कुनै समेत झम्टिएको बाघले अहिले प्रदिप खड्का र प्रकाशको टिमलाई झम्टिउको प्रतिक्रिया दिएकी छिन् ।

नायिका थापाले वैशाखको १ गतेबाट फिल्म ‘ए मेरो हजुर ४’ रिलिज हुँदा साउथको ठुलो बजेटको फिल्म ‘केजीएफ २’ रिलिज गरेर क्यूएफएक्सले दादागिरी दिँदा कोही पनि नबोलेको अवस्था जस्तै अहिले नायक प्रदीप खड्काले आफ्नो फिल्म ‘प्रकाश’ले क्यूएफएक्सले विभेद गरेको भन्दै पत्रकार सम्मेलन नै गरेर आफ्नो आक्रोश पोखेका छन् ।

‘आज मलाई झम्टिएको बाघले भोली तपाइलाई पनि टोक्न सक्छ । यसैले, आज हामीलाई पर्दा मौन नबस्नुहोस् ।’भनेर वैशाखको १ बोलीरहँदा उनलाई साथ दिने फिल्मकर्मी निकै कम देखिए ।

सो समयमा झरना थापाले बारम्बार नेपाली फिल्ममाथि विभेद भएको स्वर निकालेकी थिइन् । झरना बोल्दा उनलाई साथ दिएर बोल्ने फिल्मीकर्मी कमै मात्र देखिए । असहिले आएर प ्रकाशको समयमा पनि उस्तै दृश्य देखिएपछि झरनाले मुखै फोरेर भनिन् हिजो मलाई झम्टिएको बाघले आज प्रदीपलाई टोकेको छ ।

भोलीका दिनमा अझै कती घाइते हुने हुन्, हेर्दै जाउ । अहिले एउटा प्रश्न भने उठ्छ हिजो ‘ए मेरो हजुर ४ वा चपली हाइट ३’का निर्माता कराइरहँदा प्रदीप, सन्तोष सेनहरु कता थिए ?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email