News

चिनियाँ शैलीमा रातारात विकास गर्नका लागि अघि बढेका छौ अब सुत्ने होइन, उठ्ने बेला हो – नगर प्रहरी प्रमुख पाण्डे

काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले कमलपोखरी क्षेत्रमा आज पनि टुकुचा उत्खनन् सुरु गरेको छ। सोमबार हात्तीसार९कमलपोखरी क्षेत्रमा पुगेर उत्खनन् जारी राखेको हो ।

महानगरपालिकाको डोजर सहितको टोली हात्तीसार -कमलपोखरी क्षेत्रमा पुगेको हो । महानगरले यसअघि जय नेपाल हल र कमलादीस्थित लक्ष्मी बैंक नजिक र हात्तिसार क्षेत्रमा टुकुचा उत्खनन् गर्दा भेट्टाएको थियो।

अहिले महानगरले टुकुचाको वैधानिक प्रमाण खाजेर काम गरिरहेको छ । उच्च अदालत पाटनले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना नहटाउन अल्पकालीन आदेश दिए पनि काठमाडौं महानगरले आफ्नो काम जारी राखेको छ।

काठमाडौं महानगर नगरी प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले महानगरपालिकाको आदेशमा नै टुकुचा उत्खनन गरेको बताए। उनले महानगरपालिका विकासका लागि अघि बढिसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताए।

रातारात काठमाडौं महानगर रिवर्तन गर्ने योजनामा रहेको र अब यसबाट पछि नहट्ने उनले बताउ । आदेश भएर नै हामी आएको हो । अब काम गर्न रोकिँदैन, अघि बढेपछि बढेको बढ्यै हो। अब सुन्ते बेला नभइ उठ्ने भएका भएको पाण्डेले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email