छोराको तस्बिर सार्वजनिक गर्दै राजेश पायल राईले लेखे यस्तो

काठमाडौं ।गायक राजेशपायल राईले पहिलोपटक आफ्ना छोराको तस्बिर सार्वजनिक गरेका छन् । गायक राईले आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमार्फत छोरा सायारेमको तस्बिर सार्वजनिक गरेका हुन् ।
उनले आफुना दाजुका छोरी राइसासँग सायारेमको तस्बिर पोस्ट गर्दै लेखेका छन्,‘फस्ट राइस फिडिङ पास्नी, दिदी राइसासँग सायारेम ।’राजेशकी पत्नी साङबुन राईले पास्नीको भिडिओ टिकटकमा सार्वजनिक गरेकी छिन् । जहाँ राजेशपायल देखिएका छैनन् ।
अन्य समाचार / काठमाडौं । चितवन–२ बाट सांसद निर्वाचित भएका रवि लामिछाने आफ्नो पद तथा गोपनीयताको शपथग्रहण नगर्दै कार्यक्षेत्रमा उत्रिएका छन् । आज उनी भरतपुरको एउटा पुरानो खानेपानी आयोजना सुचारु गर्नका निम्ति श्रमदानमा सहभागी भए ।
जापान सरकारले १९९३ सालमा निर्माण गरिदिएको भरतपुर खानेपानी आपूर्ति परियोजना लामो समयदेखि अवरुद्ध थियो । आज रविको नेतृत्वमा भरतपुरका स्थानीयवासीले यो परियोजनाको पानी ट्याङ्की खुलाउन उत्साहपूर्वक श्रमदान गरे । रवि आफैँ हातमा हँसिया लिएर झाडीहरू पन्छाउने र सफा गर्ने काममा खटिएका थिए ।
स्थानीयवासीका अनुसार यस ट्याङ्कीबाट चितवनको थुप्रै स्थानमा खानेपानीको आपूर्ति हुने गर्थ्यो । तर, २०६० सालमा पहिरो गएपछि यो आयोजना अवरुद्ध भएको हो । त्यता स्थानीयले आफ्नै पहलमा सानो कुवा बनाएर मोटरबाट ट्याङ्कीमा चढाइ थोरै पानी आपूर्ति गर्दै आएका छन् । रविले अवरुद्ध आयोजनालाई सुचारु गरेर चितवनवासीको तिर्खा मेट्ने प्रयास गरेका हुन् ।