Interesting

घरमा पाइने माउसुलीको मुल्य ६५ लाख

एजेन्सी । हामी प्राय आफ्नो घरको भित्तामा माउसुली देख्‍ने वित्तिक्कै भगाउनेतिर सोच्छौ। तर हामीलाई थाहा छैन की हाम्रो घरमा पाइने माउसुली कत्ति महंगो छ भनेर ? विश्व बजारमा यसको मूल्य करीब ६३ लाख ९७ हजार ६ सय २० रुपैँयाँ बढी रहेको छ। यो माउसुली विशेषगरी नेपाल र भारतको जंगलमा पाइने गर्दछन्। यस्तै नेपाल भारत सीमामा यसको अवैध तस्करी हुने गरेको छ। तस्करीका क्रममा धेरै तस्करीहरु समातिएका पनि छन्।

तर तपाई सोच्दैहुनुहुन्छ होला यसको फाइदा के हुन्छ। यसलाई किन यति धेरै मूल्यमा तस्करहरुले बिक्री गर्छनरु किनकी माउसुलीलाई बिरामीको परम्परागत उपचारको औषधि बनाउन प्रयोग गर्ने गरिन्छ।
खासगरी डायबेटीज, एड्स, क्यान्सरलगायतका रोगमा माउसुलीले अचुक रुपमा औषधिको काम गर्दछ। यही कारण यसको माग विश्वभर रहँदै आएको छ। विशेष गरी चीनमा एक परम्परागत बजारमा यसको माग निक्कै धेरै छ। यही कारण यसलाई विदेश पठाउन तस्करहरु सक्रिय रहेका हुन्छन्।
यसका साथै नेपालर भारतबाहेक माउसुली इन्डोनेसिया, बंगलादेश तथा फिलिपिन्समा पाइने गरिन्छ। तर यसको मात्रा अब नेपाल (भारतको तुलनामा अन्य देशमा घट्दै गइरहेको छ।
जंगलको तीव्र फडानी र जनसंख्या वृद्धिका कारण यसको लोप र तस्करी पनि दिनानुदिन बढ्दै गएको छ। यसको तस्करी हुनबाट बचाउन अहिलेसम्म कुनै पनि देशमा सतर्कता अपनाइएको पाइँदैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email