News

यसरी आफ्नै मालिकका लागि यमराज साबित भयो भैँसी (भिडीयो)

मालिकका लागि भैँसी यमराज साबित भएको छ । डोरीमा हात अड्काएर घिसारेपछि मालिकको मृत्यु भएको हो । भारत, कमला गाउँका एक किसानको भैँसी उनका लागि ‘यमराज’ साबित भएको छ ।

बिहान किसानले गोठबाट भैँसी निकाल्दै गर्दा एक्कासी भैँसी दौडिन थालेपछि किसानको हात भैँसी घाँटीमा बाँ धिएको डो रीमा फ सेको थियो । भैँसीले किसानलाई धेरै टाढासम्म तान्यो, दुर्घटनामा किसान गम्भीर घाइते भए, गाउँलेले अस्पताल लगे तर डाक्टरले मृत घोषणा गरेका हुन् ।

जानकारी अनुसार कालाढुङ्गी क्षेत्रको कमला गाउँमा ५० वर्षीय जगत सिंह आफ्नो परिवारसँग बस्दै आएका थिए । जगत सिंह बिहान उठ्नेबित्तिकै बाहिर गोठमा बाँधिएका जनावरलाई बाँध्न बाहिर ल्याइरहँदा भैँसी एक्कासी दौडिन थाल्यो र उनको हात बाँ धिएको डो रीमा फ सेको थियो ।

भैँसीले जगत सिंहलाई धेरै टाढासम्म तान्यो, दुर्घटनामा जगत सिंह गम्भीर घाइते भए, गाउँलेले अस्पताल लगेँ । तर चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनापछि परिवारमा शोक छाएको छ । यतिबेला यो घटना अहिले त्यस क्षेत्रमा चर्चाको विषय बनेको छ ।

त्यसैगरि दाङ, झापा र सुर्खेतमा तीन जना मृत अवस्थामा फेला परेका छन् । दाङको लमही नगरपालिका–३ टिकुलीगढ बस्ने ६० वर्षीय टिकाराम चौधरी सोही ठाउँस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

झापाको शिवसताक्षी नगरपालिका–११ स्थित पानी ट्यांकी जाने बाटोको जंगल नजिक चौतारीमा सोही नगरपालिका–८ बस्ने ५५ वर्षीय भरत राई मंगलबार मृत अवस्थामा फेला परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ शान्तीटोल बस्ने ९० वर्षीया धनरूपा देवी दमाई घर नजिकै करेसाबारीमा मंगलबार साँझ मृत अवस्थामा फेला परेकी छन् ।घरबाट निस्किएकी उनको खोजी गर्ने क्रममा घरकै करेसाबारीमा लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email