News

छोरी जन्मिएको खुशीयालीः अस्पतालबाट हेलिकोप्टरमा ल्याइयो घर ( भिडियो सहित हेर्नुहोस्)

एजेन्सी । भारत लगायतका पूर्वेली समाजमा छोरीप्रतिको धारणा विस्तारै परिवर्तन हुँदै गइरहेको छ। छोरीकै कारण भ्रूण हत्या लगायत अनेकन नकरात्मक खबरहरु सुनिने गरेका थिए। तर, भारतको पुनेमा हालै एक दम्पत्तिले नवजात बच्चीको जन्मलाई लिएर निकै मार्मिक सन्देश दिएका छन्।

सो परिवारले छोरीको जन्मबाट आफूहरु निकै खुशी भएको भन्दै ठूलो शाही सानका रुपमा घरमा उत्सव मनाएका छन्।यहाँसम्मकी नबजात शिशुका पिता आफ्नी श्रीमतीले छोरी पाएको खुशीयालीमा आमा र नवजात शिशुलाई घर लिन हेलिकप्टर र फुलमाला लिएर अस्पताल पुगेका थिए।

भारतीय मिडियाका अनुसार नवजात शिशुको मुहार हेर्न पुरै गाउँले सहित घरका मान्छे भेला भएका थिए। सो परिवारको खुशी देखेर सबै चकित भए।

समाचारमा जनाइए अनुसार नवजात शिशुका पिता वकिल हुन। परिवारको पहिरो सन्तानको रुपमा छोरी पाउँदा त्यसलाई विशेष उत्सव बनाउन डेढ लाख बढी भाडा तिरेर उनले हेलिकप्टर लिएर अस्पताल पुगेका थिए।

उनको परिवारले भनेको छ, ‘हामी छोरी हुनुको खुशी मनाई रहेका छौँ। हाम्रो लागि जिवनको उत्सव यहि हो।’सामाजिक सञ्जालमा भाइरल भिडियोमा पिता आफ्नो नवजात शिशुलाई हेलिकप्टरबाट ओर्लेर कारमा बस्दै गरेको देखिन्छ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Follow by Email