छोरा बुहारीले कोठामा के गर्छन ? भनेर हेर्न जव सासुले आफ्नै कोठामा लगाइन सीसीटीभीको मोनिटर

काठमाडौं /परिवारका सदस्यमा विश्वास भएन भने दुर्घटना निम्तन्छ । भारतको त्रिपुराकी एक महिलाले आफ्ना श्रीमानविरुद्ध उजुरी दिन राज्य महिला आयोग पुगिन् ।घटना सुनेर प्रहरी नै छक्क परे ।
श्रीमानले घर भरी सीसीटीभी क्यामेरा लगाएको भन्दै उनी प्रहरी कार्यालय पुगेकी थिइन् ।इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार पश्चिमी त्रिपुरा जिल्लाको प्रतापगढमा एउटा गाउँ छ, साधुतिल्ला । यहाँ यी दुईको तीन वर्ष अघि विवाह भएको थियो ।
महिलाका अनुसार उनका श्रीमानले गत वर्ष सेप्टेम्बरमा चार कोठे घरमा पाँचवटा क्यामरा राखे । त्यसपछि महिला घर छोडेर माइती गइन् ।महिलाका अनुसार क्यामरा मेन गेटमा, सासुको कोठामा, बैठकमा र श्रीमान श्रीमतिको कोठामा पनि राखिएका थिए ।
श्रीमान श्रीमतिको कोठामा पनि क्यामेरा लगाएपछि उनलाई आपत्ती थियो । क्यामराको मोनिटर सासुको कोठामा फिट थियो जहाँबाट निगरानी राखिन्थ्यो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **यसका साथै महिलाले उनलाई विवाहको केही दिनपछि नै दाइजोका लागि सताउन थालेको पनि बताएकी छन् ।
विवाहका बेला दाइजोको कुरै नगरेको परिवारले एकाएक दाइजो मागेको उनले आरोप लगाइन् । उनको परिवारले एक पैतृक जमिन बेचेर पाएको दुई लाख भारु दाइजोस्वरुप दिएको बताइन् ।यसबारे महिलाका श्रीमानसँग सोधपुछ भयो । उनले आफू निर्दोष भएको र दाइजोको कहिले पनि माग नगरेको बताए ।
श्रीमतीले घर छोड्ने तयारी गरिरहेका बेला आफूले जे ल पठाउने ध म्की दिए पछि आफुले यस्तो गरेको बताएका छन् । आफु निर्दोष छु भनेर प्रमाणीत गर्न जतासुकै सीसीटिभी क्यामेरा लगाएको उनको भनाई छ ।
श्रीमतिले गलत आरोप लगाउने गरेका कारण क्यामेरा लगाएको बताए । महिला आयोगकी अध्यक्ष बरनाली गोस्वामीले यसलाई अ प रा ध बताएकी छिन् । उनले भनिन्, ‘कोही महिला आफ्नै घरमा लगातार निगरानीमा कसरी बस्न सक्छिन् ?
’उनले १७ जुलाईमा दुई पक्षको कुरा सुनिन् र उनीहरुलाई ४५ दिनको समय पनि दिइन् । यतिबेला श्रीमानले श्रीमतीलाई गुजाराका लागि हरेक महिना ३ हजार भारु दिने पनि बताएका छन् ।