ठेलाको व्यापार भन्दा शहरको सुन्दरता प्यारो भयो भन्दै बालेन शाहमाथि खनिइन् शृङ्खला

काठमाडौं । काठमाडौँका न्यून आय भएका, सहरिया गरिबहरुले जुन आशाले बालेन शाहलाई मत दिए आज उनीहरु बालेनको नाम सुन्न चाहाँदैनन् । निर्वाचित भएको ७ महिनामा मेयर बालेन्द्र शाहले काठमाडौँको सडकमा सानो तिनो ब्यबसाय गरेर परिवार धान्दै जीवन निर्वाह गरेका थिए उनीहरुको रोजीरोटी बालेनले खोसीदिएको आरोप छ ।
खासगरी शहरमा रहेका न्यून आय भएका, सहरिया गरिब प्रति उनी तीब्र रुपमा अनुदार बन्दै गएका छन् । बिहान साँझपख काठमाडौंका सडक किनारमा व्यापार गर्नेहरुमाथि लौरो कसेर बिस्थापित गराएका बालेनले अहिले न्यून आय भएर सडकमा तरकारी, फलफूल बेच्नेहरुको टाउकोमाथि लौरो बर्साउन थालेपछि बालेनविरुद्ध सडक किनारामा बसेर आयआर्जन गर्नेहरुले अहिले बालेनलाई रुचाउँदैनन् ।
बालेनले सडकमा रहेका साना ब्यापारीहरुको गरि खाने भाँडो अर्थात ठेला, नांग्लो, रिक्सा प्रहरी बल लगाएर दुई देशको सिमानामा हुने हानथाप जसरी उठाएर लैजाने निर्देशनपछि अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले महानगरले चाहिने भन्दा बढी ज्यादती गरेको भनेर आफ्नो टिप्पणी प्रकट गरेका छन् ।
सो भिडियो हेरेपछि अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले महानगरले चाहिने भन्दा बढी ज्यादती गरेको भनेर आफ्नो टिप्पणी प्रकट गरेका बेला पूर्व प्रधधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सडक व्यापारीलाई हटाउन लाठी र बन्दुक समाधानको तरिका नभएको प्रतिक्रिया दिएका छन् ।
बाबुरामले सामाजिक संजालमा स्६ाटस लेख्दै भनेका छन् शहरीकरण, अनौपचारिक श्रम र अर्थतन्त्र, धनी र गरिबको विभेदीकरण संक्रमणकालीन समाज र अर्थतन्त्रको संरचनात्मक समस्या हो । यसको दिगो समाधान लाठी र बन्दुक हैन योजनाबद्ध व्यवस्थापन र उचित पुनःस्थापना हो ।
नत्र विष्फोट हुन्छ । चेतना भया ।’ त्यस्तै पूर्व मिस नेपाल शृङ्खला खतिवडा यस्तो ज्यादतीले समाधान नहुने भन्दै अनौपचारिक क्षेत्रबिना शहर चल्न नसक्ने बताएकी छिन् । उनले ठेलाको व्यापार भन्दा शहरको सुन्दरता प्यारो भएको हो रु भोली त्यही ठेला नआउँदा तरकारी के किन्छौँ ? भन्दै खतिवडाले प्रश्न गरेकी छिन् ।