कहिल्यै स्कुल नगएकी सावित्री भारतकी सबैभन्दा धनी: यो मेहनतले दुई बर्षमा १२ अर्ब डलर थप्यो

काठमाडौं । भारतका सबैभन्दा धनी व्यक्ति गौतम अडानी हुन् । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ, भारतको सबैभन्दा धनी महिला को हुन् ?फोर्ब्सको अर्बपतिहरूको सूची २०२२ अनुसार ७२ वर्षीया सावित्री जिन्दल भारतकी सबैभन्दा धनी महिला हुन् ।
उनको कुल सम्पत्ति १७.७ अर्ब डलर छ । पछिल्लो दुई वर्षको कडा मेहनतले कम्पनी १२ अर्ब डलरले बढेको छ । तर, यहाँसम्म पुग्न उनले निकै संघर्ष गर्नुपर्यो ।कहिल्यै स्कुल गइनन्, २० वर्षको उमेरमा बिहे
सावित्री जिन्दलको जन्म २० मार्च १९५० मा तिनसुकिया, आसाममा भएको थियो ।
यो त्यो समय थियो जब मानिसहरूले केटीहरूलाई शिक्षा दिन आवश्यक ठान्दैन्थे । सावित्रीले पनि स्कुलको अनुहार देख्न पाइनन् ।जब उनी २० वर्षकी भइन्, सन् १९७० मा ओमप्रकाश जिन्दलसँग विवाह भयो । त्यतिबेला ओमप्रकाश ४० वर्षका थिए । जिन्दल समूहका अध्यक्ष ओमप्रकाशले ठूलो व्यापारीको रूपमा आफ्नो पहिचान बनाएका थिए ।
उनको ठूलो नाम थियो । सावित्रीले गृहिणीको रूपमा जिन्दल परिवारको हेरचाह गर्न थालिन् । यो त्यो समय थियो, जब महिलाहरूलाई काम गर्न योग्य ठानिँदैनथ्यो ।दुःखको पहाड खस्योविवाहपछि सावित्री जिन्दलका ९ सन्तान भए ।
ओमप्रकाश जिन्दलले राजनीतिसँगै व्यापारमा पनि ठूलो नाम कमाए । उनी हिसार विधान सभाबाट विधायक निर्वाचित भएका थिए । उनी हरियाणा सरकारमा मन्त्री पनि थिए ।सबै राम्रै चलिरहेको थियो । त्यसपछि भाग्यले अर्कै मोड लिएको थियो । सावित्रीको जीवनमा दुःखको पहाड तब खस्यो जब सन् २००५ मा ओमप्रकाशको हेलिकप्टर दुर्घटनामा मृत्यु भयो ।
त्यसपछि व्यापार र राजनीतिविवाहको ३५ वर्षसम्म सावित्री घरेलु महिला भएर बसेकी थिइन् । श्रीमानको मृत्युपछि सावित्री एक्लै भइन् । परिवारको जिम्मेवारी उनकै काँधमा आयो । सबै कुरा सम्हाल्न उनलाई त्यति सजिलो थिएन । तर उनी पछि हटिनन् । व्यवसायसँगै उनी राजनीतिमा लागिन् ।
उनको केही समय सिक्दै बित्यो ।कोरोनाको समयमा कम्पनी घाटामाजिन्दल ग्रुपकी अध्यक्षको हैसियतमा सावित्रीले एक सफल महिलाको रुपमा आफ्नो पहिचान बनाएकी थिइन् । त्यसपछि कोरोनाको समयमा भारत संकटको अवस्थामा पुग्यो ।
कतिपयको व्यापार घाटामा गएको थियो । कोरोनाले जिन्दल समूहको व्यवसायलाई पनि असर गर्यो । उक्त समूहको कारोबार ५० प्रतिशतले घटेको थियो । सावित्री जिन्दलले फेरि दुई वर्ष मेहनत गरिन् ।जसले कम्पनीलाई पनि फाइदा पुगेको छ । जिन्दल समूहले पछिल्लो दुई वर्षमा आफ्नो कुल सम्पत्तिमा १२ अर्ब डलर थपिन् ।
भारतकी सबैभन्दा धनी महिला फोर्ब्सले सार्वजनिक गरेको सूचीमा सावित्री जिन्दल भारतकी सबैभन्दा धनी महिलाको पहिलो स्थानमा छिन् । योसँगै सावित्री विश्वकै धनी महिलाको सूचीमा १२६ औं स्थानमा छिन् ।
भारतीय महिलाको कुरा गर्ने हो भने विश्वभरका अर्बपति महिलाको सूचीमा कुल ११ भारतीय महिलाको नाम समावेश छ । सावित्री जिन्दलका साथैं, लीना तिवारी, किरण मजुमदार शा, फाल्गुनी नायर, कृष्णा गोदरेज आदिको नाम समावेश छ ।
सबै समस्याको सामना गर्दै उनले सावित्री जिन्दलले जसरी संघर्ष गरिरहेकी छिन् । आज उनी यो पदका लागि योग्य पनि छन् । उनको जीवन अरुका लागि प्रेरणा पनि बनेको छ । यो प्रेरणादयी प्रसंग सबैको जानकारीका लागि साझा गर्न नभुल्नुहोला ।