News

दाजुले एक थ’प्पड हानेपछि बहिनीले केटा साथीसँग मिलेर ज’लाइन् आफ्नै दाजुको अटो

दाङ- दाङको घोराहीमा सहोदर बहिनीले नै केटा साथीसँग मिलेर आफ्नै दाजुको अटो-रिक्सामा आगो लगाएकी छन्। घोराही उपमहानगरपालिका-१५ बिपी चोक नजिक कोठा भाडामा बसी अटो चलाउने टेकबहादुर खत्रीको रा-१-ह ८६६० नम्बरको अटोमा शनिबार बिहान साढे १ बजेतिर अज्ञात समूहले आगो लगाएको थियो।

उक्त अटो खत्रीको घरअगाडि पार्किङ गरी राखिएको ठाउँमा जलाइएको थियो। खत्री स्वंयले सुरूमा ब्याट्रीबाट करेन्ट प्रवाह भई एकाएक आगो लागेको हुन सक्ने प्रहरीलाई बताएका थिए। प्रहरीले पनि त्यही नै सोचेको थियो। तर, आसपासमा केही प्लाष्टिकका टुक्राहरू देखिएको थियो।

त्यसपछि प्रहरीले शंका गरी अनुसन्धान अगाडि बढाएको दाङका प्रहरी प्रमुख एसपि बिरबहादुर वलिले बताए ।जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन गौतमका अनुसार अनुसन्धान गरेको थियो।

अनुसन्धानको क्रममा खत्रीकी आफ्नै बहिनी बागलुङ घर भई झन्डै एक महिनादेखि घोराही उपमहानगरपालिका-१५ मा बस्दै आएकी २९ वर्षीया कमला दर्जी र ललितपुर महानगरपालिका-१७ घर भई कमलासँगै बस्दै आएका २३ वर्षीय मिलन पौडेलले मिलेर आगो लगाएको तथ्य खुलेको छ। कमला र मिलन भदौ ८ गते मात्रै काठमाडौंबाट घोराही आएका थिए।

डिएसपी गौतमका अनुसार पौडेलले कमलालाई अरू मान्छे अगाडि बोलाउँदा दिदी नाताले बोलाउने गरेतापनि उनीहरूबीच अरू सम्बन्ध रहेको तथ्य स्पष्ट भइसकेको छ।‘पौडेलले मैले कमला दिदीबाट पैसा लिन पर्ने हुँदा लिन भनेर आएको हुँ भन्ने गरेको भएपनि उनीहरू यो बीचमा रातदिनसँगै कोठामा बसेको पाइएको छ,’ गौतमले भने, ‘त्यही कारण दाजुले बहिनीलाई गाली गर्दै आएका थिए।’

अघिल्लो दिन मात्रै दाजुले बहिनी कमला र मिलनलाई सार्वजनिक रूपमै गाली गरेका थिए। साथै बहिनीलाई आफ्नो चरित्रको ख्याल गरेर बस्नुपर्छ भन्दै थप्पड समेत हानेका थिए। त्यसको दोस्रो दिन कमला बिरामी भएपछि दाजु भाउजूसहित मिलन पनि अस्पतालमा उपचारका लागि पुगेका थिए।

राती अस्पतालमा देखाएर फर्किने क्रममा कमला र मिलनले दाजु भाउजूलाई बच्चाबच्चीसहित कोठामा जान आग्रह गरेका थिए। त्यसपछि दाजु भाउजू आफ्नो कोठामा फर्किएको प्रहरीले जनाएको छ। पछि-पछि आउँदै गरेका कमलाको मनमा दाजुसँग बदला लिने सोच जागेको र उक्त योजना मिलनलाई समेत सुनाएको डिएसपी गौतमले बताए।

‘दुवै जनाले बाटोमा फेला परेका बोरा र प्लाष्टिक टिपेर अटो पार्किङ भएको ठाउँमा पुगेछन्,’ उनले भने, ‘त्यहाँ आगो बालेर अटोमा झोसिदिएछन् र कोठामा गएर सुतेछन्।’अनुसन्धानको क्रममा दाजुको अटोमा बहिनीले नै योजनाबद्ध ढंगले आगो लागाएको भन्ने सूचना पाएको डिएसपी गौतमले बताए।

त्यसपछि उनीहरूलाई पक्राउ गरी सोधपुछ गर्दा घटना स्वीकार गरेको पनि प्रहरीले जनाएको छ। डिएसपी गौतमका अनुसार कमला र मिलनको भेट काठमाडौंमै भएको खुल्न आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email