मेरो श्रीमान् त कहिल्यै पनि मेरो रहेनछन् : २ मिनेट समय दिएर अवश्य पढ्नुहोला

श्रीमान् बेपत्ता भएको दुई दिन भएको थियो। तेस्रो दिन एकाबिहानै फोन आयो ‘हजुरको श्रीमानको लास भेटिएको छ, सनाखतको लागि आउनु होला।’ एक्कासी आफूमाथि बज्रपात खसे झैं लाग्यो। म एक्कासी मौन भएर टोलाएको देखेर प्रश्न गर्ने साना छोराछोरीलाई जवाफ पनि फर्काउन सकिनँ।
बस् मौन रहेँ एकछिन आफूलाई सम्हाल्न खोजेँ।एक मनले त हैन होला भनेर मनमा प्रश्न आउँथ्यो। छोराछोरीलाई खाना दिएर फुपूसँग राखेँ, आफू अस्पताल तिर लागेँ। श्रीमानको सासबिनाको लास देखेर मन थाम्न सकिनँ। सबैतिर रुवाबासी चल्यो। व्यक्तिपिच्छे अड्कल काट्न थालियो।
श्रीमतीले गर्दा त होला नि अनि फलानो ढिस्कानो।उत्तर दिने न सा’मर्थ्य थियो न त समय नै। आज खै किन हो विगतका पलको सम्झना आँखामा झल्झली आयो। म करिब १५ वर्षको थिएँ होला मेरो बि’हे हुने बेलामा। आफूभन्दा १० वर्ष जेठा श्रीमान पाएकी थिएँ।
बि’हेसँगै नयाँ ठाउँ र नयाँ सम्बन्ध जोडिए बुहारी जेठानी देउरानी भाउजू माइजू र नयाँ जिम्मेवारी पनि।तर सबैभन्दा प्यारो लाग्ने नाता थियो श्रीमती। सानो छँदा बाबुआमाको स’म्बन्ध देखेर मपनि कल्पना गर्थें श्रीमानको, श्रीमानसँगको त्यो प्यारो नाताको सधैँ रहर थियो मनमा।
त्यतिबेला मेरा श्रीमान् भनेर भन्न पाउँदा साह्रै खुसी लाग्दथ्यो। एक किसिमको उमंग थियो ममा। समय बित्दै गयो अनि विस्तारै मेरो उमंग र कल्पनाको संसार धमिलिँदै गयो। जुन श्रीमानलाई मैले श्रीमान भन्न पाउँदा उमंग र खुसी थियो, ती श्रीमान् त कहिले पनि मेरा हैन रहेछन्। मबाहेक अरुसँगै उहाँको गहिरो नाता रहेछ
भन्ने कुरा थाहा पाउँदा मन कटक्क खायो। सोच्दथेँ मैले कसको के बिगारेको थिए र मेरो हुँदाहुँदै पनि मेरो श्रीमान् मेरो हुन सकेनन् १
कहिलेकाहीँ त्यही सम्झिएर भक्कानिएर अविरल आँसु बगाउँदथेँ। साह्रै नराम्रो लाग्थ्यो।
एकदिन त लाग्यो कि मैले यो जबरजस्तीको स’म्बन्ध आखिर कहिलेसम्म कायम गर्नेरु घरमा बुबा आमालाई कुरा राख्दा, उत्तरमा एउटै कुरा आयो बच्चा भएपछि सबै कुरा ठिक हुन्छ। हुन्छ होला जस्तो पनि लाग्यो।
आमाको सुझाव गलत होला भनेर कुनै प्रश्न जागेन मनमा। एक वर्षभित्र म एउटी छोरीकी आमा भएँ तर समय बित्दै गएपनि श्रीमान९श्रीमतीको स’म्बन्धमा कुनै फरक आएन। फेरि केही समयपछि दोस्रोपल्ट आमा बनेँ, एउटा छोरोकी आमा। मलाई यी दुई ब’च्चामा संसार छ जस्तो लाग्न थाल्यो।
श्रीमतीभन्दा प्यारो आमाको नाता हुने रहेछ भनेर लाग्न थाल्यो। म सन्तानहरुसँग नजिक हुँदै थिएँ अनि उहाँ टाढा। ब’च्चाले सानैदेखि आफ्नो बुवा घरगृहस्थी मतलब नगरी अरुसित हिँडेको देख्दा के सोच्थे, मैले आकलन गर्न सकिनँ। ती कलिला मनमा यस्ता प्रश्न नआउन् भनी हरदम प्रयत्न गर्थें।
आमा भएर नै होला मनमा लाग्यो कि मेरा सन्तानले यस्तो भोग्नु हुँदैन। तर सबै त्याग गर्न पनि त सक्दैनथेँ। लेखपढ गरेको थिइनँ, कमाउन र गुजारा गर्न कुनै सहारा पनि छैन। कसरी पाल्ने बच्चा प्रश्न धेरै थिए फेरि आँट गरेर
बाबुआमालाई भनेँ आखिर यसरी कहिलेसम्म बस्नेरु मेरा सन्तानलाई मैले यसरी कहिलेसम्म हुर्काउनेरु यस पालि जवाफ आयो नारी घरको इज्जत हो नारीले घरको इज्जत जोगाउनु पर्छ। समाजमा श्रीमानको इज्ज’त बचाउनु पर्छ।एजेन्सी