स्याङ्जामा घट्यो अनौठो घटना ! ३५ वर्ष देखि हराएका छोरा आफ्नो घर खोज्दै आएपछी आमाले झम्टिएर रुदै यसो भनिन् , हेर्नुहोस

स्याङ्जामा अनौठो घटना भएको छ । वालिङ वडा नम्बर ५ मा एक जना पुरुष घर छोडेको ३५ वर्ष देखि हराएका थिए । उनी ३५ वर्ष सम्म हराएका थिए ।तिला लामिछानेका दाई हराएका हुन् । उनी सानै छँदा दाई हराएका थिए ।
दाईले धकेल्दै स्कूल लगेको उनलाई याद छ । त्यसपछि भारत भएका दाई उतै हराए ।भाई तिला पनि भारतमा थिए । तर उनले दाईलाई खोज्दा कतै भेटेनन् । भाई ११ वर्षको हुँदा दाई भारत गएका थिए ।
पछि आफु जाँदा पनि खोजी गर्दा आफुले फेला नपारेको उनी बताउँछन् । अब त ३५ वर्ष भैसक्यो दाई फर्केर आउलान् भन्ने लागेको थिएन ।सीता लामिछानेले पनि छन् भन्ने सुनेका जेठाजुलाई घरमा देख्दा छक्क परेको बताउँछिन् । सासु आमाले सम्झेर रोएको उनी सम्झिन्छिन् ।
कान्छो छोराले त जेठो दाईलाई देखेकै थिएनन् । कान्छा छोरा २८ वर्षका भए । दाई ३५ वर्ष देखि हराएका थिए ।सासुले निकै चिन्ता गरेको देखेपछि हेराउन पनि गएको बुहारीले पनि बताइन् । हेराउँदा पनि फर्केर आउनुहुन्छ भनेको थिए । तिमीहरुको किरिया ३ भाई छोराले गर्छन भनेकै थिए ।
तर अचानक यति धेरै वर्ष पछि आउनुहोला भन्ने लागेको थिएन । शाभाकान्त लामिछाने हराएका हुन् ।कान्छा भाई रमेश लामिछाने दाई हराएको ७ वर्ष पछि जन्मिएका थिए । आफु नजन्मिदै हराएको दाई घर मै आइपुगे पछि उनी अचम्म परेका छन् ।