यी महान प्रहरी: जस्ले बिरामी परेका तीर्थयात्रीलाई पिठ्युमा बोकेर अस्पताल सम्म पुर्याए

यी महान प्रहरी: जस्ले बिरामी परेका तीर्थयात्रीलाई पिठ्युमा बोकेर अस्पताल सम्म पुर्याएगोसाइँकुण्ड पुगेर फर्कने क्रममा बिरामी परेका एक जनाको उद्धार गरिएको छ। जनैपूर्णिमा मेला भर्नका लागि
गोसाइँकुण्ड पुगेकी नुवाकोटको ककनी गाउँपालिका ८ की ५० वर्षीया नारायणी भण्डारीको उद्धार गरिएको हो।जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार शुक्रबार गोसाइँकुण्डबाट फर्किएकी उनी बुद्दमन्दिरमा आइपुग्दा बिरामी परेकी थिइन्।
उनलाई टाउको दुख्ने, जिउ दुख्ने, रिगँटा भएपछि प्रहरी टोलीले पिठ्युमा बोकी लौरी बिनायकसम्म ल्याएको थियो। उक्त स्थानमा रहेको स्वास्थ्य शिविरमा सामान्य उपचारपश्चात् धुन्चे ल्याइएको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस: आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो ।
म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन् । दरखास्त सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दिन सकिने छ ।१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले दरखास्त दिन सक्ने छन् ।
दरखास्त दिनेहरु राजनीतिक दलको सदस्य नभएको, आतंककारी संगठनको सदस्य नभएको,फौजदारी अभियोगमा सजाय नपाएको, गर्भवती नभएको र आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको पनि हुनुपर्ने सूचनामा उल्लेख छ ।