‘घरमा कोही छैन, आउ’ भन्दै केटीले फोन गरेर बोलाइन्, चोर भनेर म’ रणा सन्न हुनेगरी कु’ टियो

काठमाडौं ।भारत, उत्तर प्रदेशको बाण्डामा एक युवकलाई आफ्नी प्रेमिकाले घरमा बोलाएर कु’ टेकी छिन् । केटीको परिवारले केटालाई चोर भन्दै कु’ टपिट गरेको हो । ‘घरमा कोही छैन, आउनु’ भनेर प्रेमिकाले फोन गरेपछि युवक केटीको घर पुगेका थिए ।
तर उनलाई गलत जानकारी मिलेको थियो । उनी केटीको घर पुग्दा परिवारका सदस्यले उनलाई समातेर चोर भन्दै नराम्रोसँग कु’ टपिट गरेका हुन् ।
त्यसपछि युवकलाई नजिकैको स्वास्थ्य केन्द्रमा भर्ना गरियो ।त्यहाँबाट उनलाई थप उपचारका लागि अन्य ठाउँमा रिफर गरियो, जहाँ अहिले उनको उपचार भइरहेको छ ।
आजतकका अनुसार यो घटना बाण्डाको बिसन्डा चौकी अन्तर्गतको गाउँसँग सम्बन्धित छ ।घाइते युवक डीजे हुन् । उनले स्थानीय कार्यक्रमहरूमा डीजे बजाउँछन् । त्यस्तै एक रात उनी कार्यक्रमबाट घर फर्कदै थिएँ । युवकका अनुसार उनकी प्रेमिकाको फोन आयो ।
प्रेमिकाले फोनमा भनिन्, ‘आमा र बाबा घरमा हुनुहुन्न, घर आउ ।’युवक आफ्नी प्रेमिकालाई घडी उपहार दिन चाहन्थे, त्यसैले निमन्त्रणा पाएपछि घडी सँगै लिएर उनी प्रेमिकाको घरतर्फ लागे । केटीको घरमा ढोका खोलेर भित्र पस्न खोजे । तर प्रेमिकाको सूचना गलत थियो ।
घरमा परिवारका अन्य सदस्य समेत थिए । युवतीका बुवा र दाजुभाइले उनलाई देखे, चोर भन्दै नराम्रोसँग कु’ टपिट गरे । हल्ला सुनेर छिमेकीहरु जम्मा भए । केही समयपछि भिड शान्त भयो । परिवारका सदस्यहरूलाई सम्झाइयो ।त्यसपछि कु’ टाई खाएका युवकले सबै कुरा बताएका हुन् ।
युवकलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । बिसण्डा प्रहरी चौकीका प्रमुख आनन्द कुमारले यसको पुष्टि गरेका छन् ।उनले भने, ‘एक युवक डीजे बजाउन गएका थिए । घर फर्कने क्रममा केटीको घरमा गएका थिए । त्यही कारणले कु’ टपिट भएको हो ।
पीडित युवकको उजुरी दर्ता भएको छ । घटनाको अनुसन्धान भइरहेको छ । त्यसपछि थप कारबाही हुन्छ ।’युवकको अवस्था ख’ तरा मुक्त रहेको चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार उपचार भइरहेको छ । छिट्टै ठिक हुनेछ । केटीले यो सब किन गरेकी हुन् भन्ने कुरा अहिलेसम्म खुलेको छैन् ।