News

यो पटक पासपोर्ट बिना नै डिभी भोर्न सकिने , कहिले खुल्दैछ ?

काठमाडौं- आगामी असोज १९ (अक्टोबर ५) देखि डिभी भर्न सकिने भएको छ । डिभी लोटरी २०२४ का लागि अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म अनलाइनमार्फत आवेदन दर्ता गर्न सकिने भएको छ ।

न्युयोर्क समय अनुशार अक्टोबर ५ मध्यान्ह १२ बजेदेखि नोभेम्बर ८ मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्नसकिने भएको छ ।

डिभी २०२४ का विजेताहरुले सन् २०२४ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्न सक्नेछन् भने नतिजा सन् २०२३ को मे महिनामा आउनेछ । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन् ।

साथै यसपटक डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य गरिएको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email