News

संगै डेरामा बस्ने साथीले खाना नपकाएको नि,हुँमा प्रे’सर कुकुरले हा,न्दा साथीको मृ;त्यु

खाना कसले पकाउने भन्ने विषयमा भारतको चंडिगढमा सँगै डेरामा बस्ने साथीबीच झगडा हुँदा एक नेपाली युवकले ज्यान गुमाएका छन् । हत्यामा संलग्न अर्का व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । चंडिगढस्थित किसनगढ गाउँमा दुईजना नेपालीहरु बिच भएको सानो वि’ वादमा कपिलवस्तुका ४१ वर्षीय अमर बहादुर कार्कीले ज्यान गुमाएका हुन् ।

रुपन्देहीको सैनामैना–९ का ५९ वर्षीय चेत बहादुर परियारलाई ह’ त्यामा संलग्न रहेको भन्दै प्रहरीले गिरफ्तार गरेको छ । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वार्ड नम्वर ९ बासगढी, ज्योतिटोल निवासी कृष्ण बहादुर कार्कीको छोरा कपिलवस्तु बाणगंगा–३ गजहेडा बस्ने अमर बहादुर कार्की उर्फ बाबुराम कार्की र रुपन्देही जिल्लाको सैनामैना ९ निवासी टिकाराम परियारको छोरा चेत बहादुर चंडिगढस्थित कैटरिङमा वेटरको काम गर्दथे ।

उनीहरु दुवैजना चंडिगढको किसनगढ गाउँमा एउटै डेरामा भाडामा बस्थे । गएको मंगलबार दुवै जनाको दिउँसो खाना पकाउने विषयमा भएको सानो झ’ गडामा चेतबहादुरले खाना पकाउने प्रेसर कुकर प्रहार गर्दा टाउकोमा चो’ ट लागी घा’ इते बनेका अमरको बुधवार बिहान ज्यान गएको हो ।

घटनाको जानकारी पाएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य खिमराज चालिसेको नेतृत्वमा नगर अध्यक्ष मान बहादुर केसी र वरिष्ठ सदस्य थमन थापा चंडिगढ आइटिपार्क थानामा पुगी आरोपी चेत बहादुर परियार र मृतकका श्रीमती मिना कार्की र बैनी इन्दु कार्कीसंग छुट्टा छुट्टै सोधपुछ समेत गर्नुभएको थियो । चंडिगढ पुलिसले आज मृतकको शव पोष्टमार्टम गरी परिवारलाई हस्तान्तरण गर्ने र आरोपी चेत बहादुर परियारलाई क’ स्टडीमा राखेर थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोश:ढुंगाले हानेर आफ्नो श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ, तनहुँमा ढुङ्गाले हानेर आफ्नो श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छन् । ४० वर्षीय मन बहादुर नेपालीको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-३० शिशुवा घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोल बस्ने ३६ वर्षीया शुसिला बिकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण शुसिलाले श्रीमानको टाउकोमा ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि जिपी कोईराला राष्ट्रिय श्वास-प्रश्वास उपचार केन्द्र बेलचौतारामा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Follow by Email