यिनै हुन् ६ वर्षका बालक जो बिहान स्कूल जाने क्रममा बसको ठ,क्करबाट मृ’त्यु

धादिङको गजुरीमा सवारी दु’र्घटना हुँदा स्कूल हिंडेका एक बालकको घटनास्थलमै मृ’त्यु भएको हो । काठमाडौंबाट गोरखा आउँदै गरेको ग१ख ४५६५ नम्बरको बसले जेब्राक्रसमै ठ’क्कर दिंदा बालकको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
मृ’त्यु हुनेमा गजुरीको आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत ६ वर्षका विजय परियार रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठ’क्करबाट स्थानीय ६ वर्षका बालक विजय परियारको घटनास्थलमै मृ’त्यु भएपछि गजुरीको आदर्श माविका विद्यार्थी र स्थानीय वासिन्दाले सडक अवरोध गरेका थिए ।
साथै उनीहरूले विद्यार्थीलाई ठ’क्कर दिने बसमाथि आगजनी गरेका हुन् । दु’र्घटनापछि गजुरी बजार तनावग्रस्त बनेको थियो । थप अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गरिएको थियो ।नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो । नेपालमा जलस्रोत, जंगल, हिमशृंखला, खनिज पदार्थ, जमिन इत्यादि प्रमुख प्राकृतिक सम्पदाका रूपमा रहेका छन् ।
यो पनि पढ्नुहोस्: यिनीहरूको समुचित प्रयोगबाट नेपालले आफ्नो आर्थिक तथा सामाजिक अवस्थालाई स्तरोन्नति गर्न सक्दछ तर विडम्बना नेपालले सुनको कचौरा लिएर माग्न बसेको, माल पाएर चाल नपाएको मुलुकको संज्ञा पाएको छ ।
दशकौंदेखि राजनैतिक अस्थिरतामा रुमल्लिएको नेपालले आफूलाई त्यस्तो ऐना अगाडि कहिल्यै हेर्न पाएन जुन ऐनामा आर्थिक र सामाजिक विकासको चित्र र समृद्धिको आधार देख्न सकियोस् । अहिले वा भोलिलाई होस् नेपालको मूलतः आर्थिक विकासको मेरुदण्ड जलस्रोतमा आधारित जलविद्युत्, चुनढुंगामा आधारित सिमेन्ट उद्योग र पर्यटन उद्योग नै हुन् ।
कछुवा गतिमा भए पनि नेपालले जलविद्युत्मा आत्मनिर्भरको बाटो पहिल्याइसकेको छ । त्यस्तै सिमेन्ट उत्पादनमा पनि आत्मनिर्भरको नजिक छ । पेट्रोलियम पदार्थपछि नेपालमा सबैभन्दा बढी आयात हुने सामग्रीमध्ये स्टिल तथा फलामजन्य पदार्थ पर्दछ ।
यी दुवै आयातितलाई विस्थापन गर्ने स्रोत नेपालमा नभएको भने होइन । पेट्रोलियमलाई विद्युत्ले र फलामलाई आफ्नै देशमा रहेको फलाम खानीको उत्खनन् र व्यावसायिक उत्पादन गरेर विस्थापन गर्न सकिन्छ ।