पिएचडी गरिरहेका श्रीमानले भने, ‘श्रीमतीको जिब्रो कैंचीजस्तो तिखो चल्थ्यो त्यसैले काटिदिएँ’

भनिन्छ, शिक्षाले मानिसलाई सही बाटो देखाउँछ । तर भारतको रुडकीमा पिएचडी गरिरहेको एक व्यक्तिमा भने यो कुरा लागु हुँदैन ।उत्तर प्रदेशको कानपुरका आकाश नाम गरेका एक व्यक्तिले आफ्नी श्रीमतीको जिब्रो काटिदिएका छन् । अचम्मको कुरा त के छ भने पीडितका पिता पुलिसका थानेदार हुन् तर उनी आफ्नी छोरीलाई न्याय दिलाउन दौडधुप गरिरहेका छन् ।
आरोपीले श्रीमतीको जिब्रो काटिदिनुमा अचम्मको कारण बताए । उनका अनुसार श्रीमतीको जिब्रो कैंचीजस्तो तिखो चल्थ्यो त्यसकारण आफूले उनको जिब्रो नै काटिदिएको बताए । अहिले आरोपी पुलिसको पकडमा छन् ।
छोरीलाई न्याय दिलाउनका लागि थानाको चक्कर लगाइरहेका पीडितका पिता रामकिशोर शंखवारले एसएसपीसँग पनि भेटघाट गरेका छन् । उनका अनुसार अनुसार उनले छोरी वन्दनाको विवाह आकाशसँग सन् २०१७ को नोभेम्बर २८ तारिखमा गराइदिएका थिए । उनले विवाहमा करिब १२ लाख भारु खर्च गरेको उनले बताए ।
पीडित भन्छिन्, ‘नोभेम्बर ६ तारिखमा दीपावलीको एक दिनअघि आकाशले मलाई जबर्जस्ती नशालु पदार्थ खुवाएर मेरो जिब्रो काटिदिए ।’त्यसपछि पीडितले छिमेकीको मद्दतले आफ्नो घरमा सम्पर्क गरेको र सबै कुराको जा