Uncategorized

सम्बन्धबिच्छेद गरेकी पूर्वमिस नेपाल उषा खड्गीको पिडा, मेरै अघि अर्की श्रीमती लिएर घरमा आए

काठमांडौ : उषा खड्गीलाई प्रेरणाको स्रोत मानेर अगाडि बढ्नेहरू धेरै छन् । पूर्व मिस नेपाल, व्यवसायी, कार्यक्रम प्रस्तोता तथा महिलाहरूलाई आत्मनिर्भर बनाउन कदम चाल्ने एक चिरपरिचित नाम हो । तर तीनै खड्गीले सम्वन्धविच्छेद पछि अदालतले निर्धारण गरेको अंश नपाएको दाबी गरेकी छिन् ।

उषा खड्गी र गणेश प्रसाद तिमलसेना (जिपी तिमलसे‍ना) बीच २०५९ साल वैशाख २६ गते धार्मिक परम्परा अनुसार मागी विवाह भएको थियो । यो दम्पतीको पहिलो सन्तानको रूपमा ०६२ सालमा छोरी र दोस्रो सन्तानको रूपमा २०७१ सालमा छोराको जन्म भएको छ ।

२०७५ सालदेखि मनमुटाब र बेमेलको अवस्था सिर्जना भएपछि खड्गीले २०७६ साल असार १८ गते भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी थिइन् । मुद्दा दर्ता भएको तीन वर्षपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले २०७९ साल जेठ २६ गते अन्तिम फैसला गर्दै अं‌शभागबण्डा गरी सम्बन्ध विच्छेद गर्ने आदेश दिएका थिए ।

अदालतको आदेशमा गणेश प्रसाद तिमलसेनाको नाममा भक्तपुरमा रहेको घरको मूल्य एक करोड कायम गर्दै उक्त घरको चार भागको एक भाग खड्गीलाई दिनु भनेको छ ।सम्वन्धविच्छेद गरेता पनि खड्की र तिमलसेना अहिले एउटै घरमा बस्दै आइरहेका छन् । छोराछोरीसहित बस्दै आइरहेकी खड्कीले अदालतको निर्णयअनुसार आफ्नो भाग लिएर अन्तै बस्ने चाहना गरेता पनि सो सफल हुन सकेको छैन ।

तिमलसेनाले यही मङ्सिर १९ गते विवाह गरेर ल्याएकी श्रीमती पनि सोही घरमा बस्दै आएकी छन् ।दुई परिवार एउटै घरमा बस्न नसक्ने भन्दै खड्की अदालतको निर्णय कागजमा मात्र भयो सम्बन्ध विच्छेद भएको छ महिनासम्म पनि अंश नपाएको गुनासो गर्छिन् ।

स्रोतका अनुसार बेहुली लिएर आउँदै गरेका तिमलसेना र खड्गीको भेट घरअगाडिको आगनमा भएको हो ।स्रोतका अनुसार जिल्ला अदालतको आदेशमा चित्त नबुझेपछि तिमलसेना उच्च अदालत गएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email