News

आइफोन गिफ्ट नपाएपछि बोइफ्रेन्डलाई सार्वजनिक स्थानमा यसरि हानिन चडकन – भिडियो सहित

काठमाडौ : यो घटना केहि समय अगाडिको हो सुन्दा अचम्म लाग्ला तर घटना साँचो हो । एक चीनियाँ प्रेमीले प्रेमिकालाई आइफोन नदिएपछि सार्वजनिक स्थानमा हिंसा सहनुपरेको छ ।

प्रेमिकाले नयाँ आइफोन उपहारमा देलान् र सानका साथ चलाउँछु भन्ने सपना देखेकी थिइन् । आफूले सोचेको जस्तो नभएपछि प्रेमिका रिसले आँखा नदेख्ने भइन् र सार्वजनिक स्थानमा नै प्रेमीलाई ५२ पटक चड्कन लगाइन् ।

प्रत्येक तीन वर्षमा एकपटक मार्च महिनाको २० तारिखमा चीनमा भ्यालेन्टाइन्स डे मनाइन्छ । तर सिचुवान प्रान्तका एक जोडीले प्रेम दिवसलाई भिन्न तरिकाले मनाए । नजिकै जडान गरिएका सिसिटीभी क्यामराका साथै त्यहाँ उपस्थित मानिसले खिचेको भिडियोपछि सोसल मिडियामा सार्वजनिक गरियो ।

उक्त भिडियोमा एक युवतीले आफ्ना प्रेमीलाई उपहारस्वरुप आइफोन नदिएको भन्दै चिच्याएर गाली गर्दै थप्पड हानेको देख्न सकिन्छ । उक्त फुटेजमा सबै झापड नदेखिएपनि पुलिसले ती व्यक्तिले ५२ बढी झापड खाएको पुष्टि गरेका छन् ।

प्रेमिकाले त्यसरी झापड हानिराख्दा पनि ती युवक केही नभनी, हलचल नै नगरी बसेको देखेर सबै चकित परेका छन् ।

उक्त जोडीको वरिपरि थुप्रै मानिसको भीड देखेर पुलिसले हस्तक्षेप गर्दै स्थिती नियन्त्रणमा लिएको थियो । सार्वजनिक स्थलमा त्यत्तिका थप्पड खाँदासमेत ती पुरुषले आफ्नी प्रेमिकालाई बचाउन खोजेको पुलिसले जानकारी दियो ।

पुलिसले उनीहरुलाई त्यहाँबाट हटाउन खोज्दा ती पुरुषले भने, ‘मैले नै गल्ती गरेको हुँ । उनले चाहेको जस्तो उपहार मैले दिन सकिनँ । उनको रिस शान्त हुन्छ भने म उनले हानेको जति पनि झापड खान तयार छु ।’

यो जोडीले आफ्नो झगडा पुलिस थानामा सल्टाउँदै आइन्दा आफ्नो समस्या सभ्य तरिकाले सुल्झाउने बचन दिएको बताइन्छ । हेर्नुहोस भिडियो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Follow by Email