News

निखिल उप्रेतीसँग बिहे गरेपछि संचिता लुईटेल को डि’प्रेसन : ३ पटक सु’साइडको प्रयास

काठमाडौं । अभिनेत्री संचिता लुईटेल र अभिनेता निखिल उप्रेतीका दुई सन्तान छन्, आर्थव र सान्वी । संचिताले एक बर्षको अन्तरमा छोरा र छोरीलाई जन्म दिएकी हुन् । जन्मान्तर जरुरी छ है, भन्ने विज्ञापनमा खेल्ने अभिनेत्रीको नै यति चाँडो बच्चा भन्ने सबैले गरेका थिए ।

तर अब बच्चा हुर्किदै गए ।यी बालबच्चालाई कसरी ख्याल गर्ने, कसरी पढाउने, कसरी खेलाउने भन्ने कुरामा संचिता निकै सर्तक र सचेत छिन् । संचिता आफ्ना बालबच्चाका लागि आफू पनि बालबच्चा जस्तै हुनुपरेको अनुभव सुनाउँछिन् ।

उनी आफ्नो छोरा चै अलिक कम बोल्ने गरेको बताउँछिन् ।बच्चाहरु टेलिभिजनमा कार्टुन हेर्छन्, चकलेट खान रुचाउँछन्, खेलौनाहरु छरपस्ट पारेर खेल्न मन गर्छन्, बर्थ डे सेलिब्रेट गर्न रहर गर्छन् ।आफ्ना बच्चा रमाउने र खुशी हुने यी सबै गतिविधिका सञ्चिता आफै अग्रसर हुन्छिन् र उनी पनि बच्चा जस्तै भएर यी कामहरु गर्छन् ।

सञ्चिता भन्छिन्, ‘आफूलाई भुलेर म कहिले कहिं बच्चा जस्तै हुन्छु । उनीहरुसँग यति धेरै संगत गरेको छु कि, कार्टुनमा रमाउन सक्छु । चकलेटको स्वाद लिन सक्छु । बच्चाहरुलाई बर्थ डे सेलिब्रेसन गरेको असाध्यै मन पर्छ । त्यसमा उनीहरु उन्मुक्त रमाउन सक्छन् । त्यसैले म केक काटिदिन्छु ।’

बच्चाका लागि उनी अभिभावक वा आमा भन्दा पनि साथी जस्तै छिन् । यद्यपी बच्चाले गर्ने कतिपय काममा भने उनको ममतापूर्ण हस्तक्षेप हुनेगर्छ । बालबच्चा कहिले काहीँ विद्यालय जान मान्दैनन् । सञ्चिता जोर–जबरजस्ती गर्दिनन् । छोराछोरी कहिले काहीँ जंक फूड खाने इच्छा गर्छन् ।

सञ्चिता नाई–नास्ती गर्दिनन् । उनलाई थाहा छ, बच्चालाई आवश्यक्ता भन्दा बढी हस्तक्षेप वा निगरानी ठिक हुन्न । बच्चाका बारेमा मात्र उनले धेरै खुलाइनन् । उनले जीवनकै बारेमापनि खुलिन् । उनले कतिपय व्यक्तिगत कुराहरु खुलाउन नसक्ने भएपनि मेरा कुरा केही बोल्नुपर्ने रहेछ, भन्ने लाग्न थालेको छ ।

सन् २०१० तिर म डिप्रेसनमा थिए । म एकोहोरो हुन्थे । म सोचिरहन्थे । मेरो लाईफ नै बेकार भयो । ला म खराब भए, भन्ने लाग्यो । मैले एक हप्तामा नै तीन पटकसम्म सुसाइडको प्रयास गरे । आजसम्म मैले भनेको थिइन ।

सन् २००८ मा मेरो विवाह भयो । सन् २००९ सम्म चै म काममा व्यस्त भए । तर सन् २०१० देखि मलाई साथीहरुले विवाहको बारेमा मलाई कुरा काटेको फिल गरे । मलाई एकदम रुन मन लाग्यो । त्यसपछि विपश्वना गए । तर म त्यहाँपनि सुधार हुन सकिन । म मुम्बाई गए ।

त्यहाँ गएपछिपनि अनेक कुराहरु सुने । म झनै डिष्ट्रव भए । मेरो विवाहकै कारण म यस्तो भए । मैले तीन पटक सुसाइड प्रयास गरे ।तर मैले आमा र बच्चाहरु देखेर सुसाइड रोके । तर म फेरी दोस्रो पटक गर्भवती भए । त्यसपछि फेरी म बच्चा जन्माएर सुसाइड गर्छु भनेर अस्पतालमा ट्राई गरे ।

तर कोसिस गर्दै गर्दा नर्सले ओहो संचिता लुईटेल भनेपछि मलाई त चिन्ने रहेछन् भनेर म फेरी रोकिए । यो सबै उनले इमेज च्यानल टेलिभिजनको एक कार्यक्रमका कुराकानीमा खुलाएकी हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email