सन्दिप लामिछानेबारे नुन र अन्न नखाने माताको यस्तो खुलाशा, म ७ मिनेटमा पाइला पाइला सबै भन्नसक्छु। (हेर्नुस भिडियो सहित)

सन्दिप लामिछानेबारे नुन र अन्न नखाने माताको यस्तो खुलाशा, म ७ मिनेटमा पाइला पाइला सबै भन्नसक्छु। (हेर्नुस भिडियो सहित)
कृपया यो पनि पढ्नुस् :- ४३ वर्षमा ५३ पटक बिहे :-
साउदी अरबका एक ६३ वर्षीय व्यक्ति पछिल्लो दिनमा चर्चामा छन् । अबू अब्दुल्लाले आफ्नो जीवनमा ४३ वर्षको अन्तरालमा ५३ पटक बिहे गरेर अनौठो कीर्तिमान कायम गरेका छन् ।उनले जिन्दगीमा अर्धशतक भन्दा बढि पटक बिहे गर्नुको कारण केवल खुसी पाउन वा सम्बन्ध बनाउनका लागि मात्र होइन । जीवनमा सन्तुलन तथा दिमागी शान्ति हासिल गर्नका लागि ५३ पटक बिहे गरेको उनको भनाइ छ ।
गल्फ न्यूजको रिपोर्ट अनुसार अब्दुल्लाले आफूलाई खुसी राख्नसक्ने महिलाको खोजीमा यतिधेरै बिहे गरेको बताएका छन् ।उनको पहिलो विवाह २० वर्षको उमेरमा भएको थियो । पहिलो पत्नी अब्दुल्ला भन्दा ६ वर्ष जेठी थिइन् । उनीहरुले बच्चा पनि जन्माए । तर त्यसको केही समयमै लोग्ने स्वास्नीबीच झगडा हुन थाल्यो ।
त्यसपछि २३ वर्षको उमेरमा उनले दोश्रो बिहे गरे । दोश्रो पत्नी घरमा आएसँगै दुईवटी पत्नीबीच झगडा चर्किन थाल्यो । त्यसपछि उनले लगातार तेश्रो र चौथो बिहे गरे । घरमा चारवटी पत्नी भएपछि झगडा पनि बढ्दै गयो । त्यसपछि दिक्क भएर अब्दुल्लाले सुरुका तीनवटी पत्नीलाई डिभोर्स दिए र कान्छीसँग बसे ।
समाचार अनुसार अब्दुल्लाले केही दिनअघि मात्रै ५३ औं बिहे गरेका छन् । अब भविष्यमा थप बिहे नगर्ने उनको भनाइ छ । रोचक त के भने उनको एउटा विवाह त केवल १ रातभर मात्रै टिक्यो । उनले साउदी का महिलासँग मात्र होइन विदेशी महिलाहरुसँग पनि विवाह गरेका थिए । ती सबै विवाहका पछाडिको उद्देश्य आफ्ना लागि एक पर्फेक्ट पत्नी पाउनु थियो जसले उनलाई खुसी राख्नुका साथै बुझ्न सक्थिन् ।