News

तत्कालै प्रचण्डको सुरक्षा गार्ड खोसेर बालेन शाहलाई दिइदै

तुरून्त प्रचण्डको सुरक्षा गार्ड खोसेर बालेन शाहलाई दिनुपर्छ भन्दै उफ्रिए डा. सुन्दरमणी (हेर्नुहोस भिडियो) भिडियो समाअचारको अन्त्यमा छ, हेर्नुहोस।

साथमा यो पनि: माफियाको कब्जामा मन्त्रालय, अधिकारीको दादागिरिले हद नाघ्यो, सरकारी कार्यालयमै ताला लगाइदिए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र डलर तस्करीको अभियोगमा पक्राउ परेका विवादित व्यापारी सुवास श्रेष्ठलाई १५/२० वर्षदेखि कौडीको भाउमा पसल सञ्चालन गर्न दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल पर्यटन बोर्डको कार्यालयमा ताला लगाइदिएर बन्द गरिदिएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बोर्डको कार्यालयमा ताला लगाइदिएका हुन् । बोर्डले मासिक १ लाख रुपियाँ भाडा तिरेर राजश्व उठाउन आफ्नो कार्यालय राखेको थियो ।समयमा भाडा नदिएको आरोपमा प्राधिकरणका महानिर्देशक अधिकारीले शक्तिको दुरुपयोग गरेर अर्को सरकारी निकाय पर्यटन बोर्डको कार्यालयमा ताला लगाइदिएका हुन् ।

महानिर्देशक अधिकारीले बिहीबार विमानस्थलमा रहेको पर्यटन बोर्डको कार्यालयमा ताला लगाउन आदेश दिएपछि आफूहरूले ताला लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् । उनले भने, ‘दुई वर्षदेखि पर्यटन बोर्डले भाडा दिएको छैन । पटकट/पटक भाडा माग्दा हामीलाई भाडा नदिएपछि ताला लगाइदिएका छौँ ।’

ताला नलगाउन र कार्यालय खेल्न दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले महानिर्देशक अधिकारीलाई निर्देशन दिएका थिए । महानिर्देशक अधिकारीले मन्त्री श्रेष्ठको आदेशसमेत नटेरेर ताला खोलेका छैनन् ।

पर्यटन बोर्ड र प्राधिकरण एउटै मन्त्रालयका कार्यालय हुन् । अधिकारीभित्र पलाएको अहँकार र शक्तिको दुरुपयोगले गर्दा बोर्डको कार्यालयमा ताला लगाएर राज्यमाथि आफ्नो कस्तो दादागिरि छ ? भन्ने दम्भ र घमण्ड देखाएका छन् ।महानिर्देशक अधिकारीका अगाडि मन्त्री श्रेष्ठ निरिह बनेका छन्।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले आफूहरूले बजेटका कारण समयमा भाडा बुझाउन नसकेको बताए । ‘हामीलाई क्लोजिङको अन्तिमतिर प्राधिकरणले बिल पठाएको थियो’, उनले भने, ‘त्यो बेला बिल काटेर सरकारी पैसा दिन सकिँदैन । केही हप्तापछि भाडाको पैसा दिन्छौँ भनेका थियौँ । प्राधिकरणले बिहीबारदेखि विमानस्थलको कार्यालयमा ताला लगाइदिएको छ ।’

महाप्रबन्धक ठाकुरले भने, ‘पर्यटन बोर्डले प्रत्येक पर्यटकबाट एक हजार रुपियाँ शुल्क लिएको छ । त्यो लिन पाइन्न । एयरलाईन्सहरूले त्यसको विरोध गरेका छन् ।’पर्यटन बोर्डले आफू खुसी प्रत्येक पर्यटकसँग एक हजार रुपियाँ कर उठाउने निर्णय गरेको होइन । नेपाल सरकारको निर्णयअनुसार कर उठाएको हो । पर्यटन बोर्डले सरकारको निर्णय कार्यान्वयन गर्ने हो ।

पर्यटन मन्त्रालयलाई अदृष्य रुपमा माफियाले चलाएका कारण अराजक हर्कतहरू बढ्न लागेको आरोप कर्मचारीहरूले लगाउन थालेका छन् ।

प्राधिकरणका महानिर्देशक अधिकारीसँग पर्यटन बोर्डको विमानस्थलको कार्यालयमा ताला लगाएको र सुवास श्रेष्ठलाई कौडीको भाउमा पसल सञ्चालन गर्न दिएको विषयमा प्रतिक्रिया लिन मोबाइलमा सम्पर्क गर्दा फोन काटिदिए । अधिकारी सम्पर्कमा आउन चाहेनन् ।

प्राधिकरणका महानिर्देशक अधिकारीसँग पर्यटन बोर्डको विमानस्थलको कार्यालयमा ताला लगाएको र सुवास श्रेष्ठलाई कौडीको भाउमा पसल सञ्चालन गर्न दिएको विषयमा प्रतिक्रिया लिन मोबाइलमा सम्पर्क गर्दा फोन काटिदिए । अधिकारी सम्पर्कमा आउन चाहेनन् ।

सुवास श्रेष्ठ जस्ता विवादित व्यक्तिलाई प्राधिकरणले १५/२० वर्षदेखि विमानस्थलभित्र कौडीको भाउमा पसल सञ्चालन गर्न दिएको छ । प्रतिस्पर्धाबाट पसल चलाउन दिने हो भने प्राधिकरणलाई ठूलो मुनाफा हुन्छ । तर, प्राधिकरणले त्यो काम गर्दैन ।

सुवास श्रेष्ठले ४४ वटा मुद्दा सर्वोच्च अदालतमा प्राधिकरणविरुद्ध हालेर अदालतको आदेशको भरमा पसल सञ्चालन गरिरहेका छन् । त्यसलाई खाली गराएर प्रतिस्पर्धाबाट भाडा लगाउन महानिर्देशक अधिकारीको कुनै ध्यान छैन ।

सुवास श्रेष्ठ (गोपालबाबु श्रेष्ठले सम्झौता गरेका)ले ४४ वटा मुद्धा प्राधिकरणविरुद्ध हालेका छन् । सर्वोच्च अदालतको आदेश बमोजिम पसल चलाउन दिएको ठाकुरले बताए । उनले अदालतको आदेश र फैसलाका कारण टेण्डर निकाल्न नसकेको बताए ।

पर्यटन मन्त्रालयलाई माफियाले चलाएको छ ? वा मन्त्री श्रेष्ठले चलाएका छन् ? प्रश्न उठेको छ । एउटै मन्त्रालयका दुई कार्यालयबीचको सामान्य विवाद सडकमा आउँदा पनि मन्त्री श्रेष्ठ मुकदर्शक बनेर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email