भुवन केसीका लागि दिपकराज गिरि ज्या’न दिन पनि तयार !

आफुलाई महानायक बताउँदै आएका कलाकार दिपकराज गिरीले प्रेमगीतलाई कर तिराएरै छाड्ने र राति चल्न नदिने भुवन केसीको अभियानमा पूर्ण समर्थन जनाएका छन् । सन्तोष सेन लक्षित कडा प्रहार गरेका कलाकार गिरिले भुवन केसीले चालेका कदम हजारौ दर्शकले बिरोध गरिरहेका बेला गलतै भएपनि साथ दिने गरि अगााडी बढेको बुझिएको छ ।
छक्का पञ्जाबाट नेपाली सिने क्षेत्रमा स्थापित चर्चित कलाकार गिरिको सिने क्षेत्रमा बेग्लै पहिचान छ । उनी बेलाबेला समसामयिक बिषयबस्तुमा खरो टिप्पणी दिन सिपालु छन् । पछिल्लो समय प्रेमगीतको फ्यानहरुले भुवन केसीलाई सिध्याउन लागेको आरोप सञ्जालमार्फत उनले लगाएका थिए ।
उनी भुवन केसीको पक्षमा खुलेका छन् । सन्तोष सेन र प्रेमगीतको पपुलारिटिले पनि दिपकराज गिरि लगायत कलाकारलाई सताउन थालेको उनी निकट कलाकारले नाम नखुलाउने सर्तमा जानकारी दिए । उनले भनेका छन्, स्वभाविकै रुपमा प्रेम गीतले नेपालका सबै रेकर्ड ब्रेक गर्न लागेकाले दिपकराज गिरि लगायतको स्थान खोसिनु भएकाले पनि कलाकारहरुमाछटपटि बढेको बताएका छन् ।