पूजा शर्मा हराइन् !

पछिल्लो समय अभिनेत्री पूजा शर्मा सामाजिक सञ्जालबाट हराएकी छिन् । अभिनेत्री शर्माले आधिकारिक फेसबुक, टिकटक र इन्स्टाग्राम अकाउन्टहरु सबै निष्क्रिय राखेकी हुन् ।
‘सम्हालिन्छ कहिले मन’ प्रवर्द्धन गर्न एक सातासम्मै हल दौडाहामा खटेकी पूजा केही दिनदेखि भर्चुअल प्लेटफर्मबाटै हराएकी हुन् । फ्यानहरुले सामाजिक सञ्जालमा उनीबारे सोधीखोजी गरेपछि उनी यी प्लेटफर्मबाट टाढा भएको खुलेको हो ।
सामाजिक सञ्जालबाट विश्राम लिनुअघि फेसबुकमा एक स्टाटस लेख्दै पूजाले आफूलाई खे’दिएको भन्दै दुःख व्यक्त गरेकी थिइन् । राम्रो काम गर्दा पनि नराम्रो गरेको भन्दै विरो’ध गरिएकोप्रति उनले असन्तुष्टि जनाएकी थिइन् ।
निकट स्रोतका अनुसार पूजा केही महिना सामाजिक सञ्जालबाट अलग हुनेछिन् । अनमोल केसीलाई लिएर निर्माण गर्न लागेको एक नयाँ फिल्मको घोषणासँगै सामाजिक सञ्जालमा उनी फर्कने चर्चा छ ।
साथै, उनी ललितपुरको झम्सिखेलमा एक व्यवसाय सुरु गर्दैछिन् । ‘उनी यी दुई प्रोजेक्टलाई अब समय दिन चाहन्छिन् र फिल्म घोषणापछि मात्र सामाजिक सञ्जालमा आउने कुरा छ,’ स्रोतले भन्यो ।
मधुमास’ मार्फत नायिकाको रुपमा स्थापित पूजा शर्मा ‘
पूजा शर्मा सञ्चारकर्मी हुँदै फिल्ममा उदाइन् । सुदर्शन थापा निर्देशित फिल्म ‘मधुमास’ मार्फत उनको पहिचान नायिकाको रुपमा स्थापित भयो ।
रिलिजको हिसाबले उनको पहिलो फिल्म ‘थ्री लभर्स’ भएता पनि उनलाई चिनाउने फिल्म यहि हो । त्यसो त उनले मेरो बेस्ट फ्रेन्डमा पनि अभिनय गरिसकेकी थिइन् । तर, रिलिजको हिसाबले उनको तेस्रो फिल्म बन्यो ।
पूजालाई अहिले दर्शकले गीतको उपनाम समेत दिएका छन् । सुदर्शनकै निर्देशनमा तयार भएको फिल्म ‘प्रेम गीत’ मार्फत उनले यो उपनाम पाएकी हुन् ।
त्यसपछि ‘म यस्तो गीत गाउँछु’ सम्म आइपुग्दा उनी पपुलर नायिकामा स्थापित भइन् । उनको फिल्मलाई दर्शकको साथ मिल्यो । फलतः एउटा निश्चित रकम उनमा निर्मातासँगै निर्देशकले पनि लगानी गर्न तयार भए । उनको पारिश्रमिक पनि बढ्यो ।