अभिनेता बुद्धि तामाङले अनु थिङसँग भोलि बिहे गर्दै । को हुन यि सुन्दर युवती?

अभिनेता बुद्धि तामाङले अनु थिङसँग भोलि बिहे गर्दै अभिनेता बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्दैछन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन्
यो पनि पढ्नुहोस् निस्ति गाउँपालिका-४ स्थित लामेदमारका ७९ वर्षीय तुलबहादुर सोतीले विद्युत् सेवाका लागि सात हजार रकम १४ वर्ष अघि बुझाए । रकम बुझाएको लामो समयसम्म गाउँमा विद्युत् सेवा नपुग्दा उहाँलाई बत्ती बाल्न पाइन्छ कि पाइँदैन भन्ने दुविधा थियो । धेरै समयको पखाई पश्चात भने अहिले बत्ती बाल्न पाउँदा उनी औधी खुशी छन् । घरमा आफैंले स्वीच थिचेर बत्ती बलेपछि उनको १४ वर्षपछि भए पनि विद्युत् सुविधा उपभोग गर्ने मनको तिर्सना मेटिएको छ ।
‘बत्ती बाल्नका लागि सुरुमा नै पैसा बुझाइयो, तर काममा ढिलाइ हुँदा बत्ती कहिले आउँला भनेर धैर्य गरेर बसेको थिए, मेरो मनको इच्छा पूरा भयो,’ उनले भने, ‘अहिले त गाउँका सबैका घर घरमा बिजुली बल्दा रमाइलो देखिएको छ ।’
रम्भा गाउँपालिका–३ स्थित अगाहाखोलाबाट ल्याइएको विद्युत् लाइन पूर्वखोला गाउँपालिका–१ स्थित सिलुवामा रहेको सव–स्टेशनबाट ल्याइएको विद्युत् लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्थामार्फत वितरण भइरहेको छ ।
लामेदमार, गोडडाँडा, डेलखरक र मतियारडाँडाका करिब ५२ घरधुरीमा अहिले विद्युत् सेवा पुगेको सामुदायिक विद्युतीकरण लामेदमार ट्रान्समिटर उपभोक्ता समितिका अध्यक्ष चित्र सिं आलेले बताए ।
उनका अनुसार विद्युत् सेवा नपुगेका पोखरडहर र फोक्सीबासमा रहेका २९ घर, खोर्मोकमा सात घरमा विद्युत् लाइन पुगिसकेको र केही घरमा वायरिङको काम बाँकी रहेकाले छिटो काम सम्पन्न गरी बिजुली बाल्ने तयारी भइरहेको छ । निस्दी–४ को मुढाबास, डुडीदमारामा विद्युत्को प्रक्रिया अगाडि बढाइएको छ ।
‘निस्दीमा विसं २०६६ देखि विद्युतीकरणको काम अगाडि बढाइयो, उपभोक्ताले समितिलाई समयमा नै रकम नबुझाउने, ग्रामीण क्षेत्रमा भनेको समयमा सामान भित्र्याउन नसक्नुलगायत विविध कारणले विद्युत् विस्तारको काममा ढिलाइ हुन पुग्यो’, उनले भने ।
विद्युत् सुविधाले यहाँका स्थानीय उत्साहित छन् । पाल्पाकै विकट र दुर्गममा पर्ने सो गाउँका नागरिक विद्युत् अभावमा विभिन्न समस्यासँग जुँध्दै जीवन व्यतीत गरिरहेका थिए ।
बिजुलीको सुविधाले विद्यालयमा पठनपाठनमा आधुनिक प्रविधिका सामग्रीको प्रयोग, घरमा खाना पकाउन, मोबाइल चार्ज, बालबालिकालाई पठनपाठनमा ठूलो राहत पुगेको छ ।
सरकारले डिजेटलको मूल्यवृद्धि गर्दै जाँदा यहाँका स्थानीयले कुटानीपिसानीमा महँगो शुल्क तिर्नुपर्दा मर्कामा परेको गुनासो स्थानीयको छ । अब भने विद्युत् लाइनको सुविधाले धेरै राहत बनाउनेछ । डिजेलको भाउँ बढेसँगै गाउँमा सञ्चालित साना उद्योग धराशायी बन्दै गएका थिए । अब भने यहाँ साना उद्योग तथा व्यावसाय फस्टाउनेछ ।
विशेष गरी यस क्षेत्रमा उत्पादन हुने सूर्यमुखी र तोरी प्रशोधनका लागि गाउँमा विद्युत् अभावमा यसअघि अरुणखोलामा जानुपर्ने स्थानीयलाई बाध्यता थियो । गाडीमा आवतजावत, प्रशोधन गर्ने ज्यालाले लागत नै उठाउन धौधौ हुन्थ्यो । सोलार बत्ती प्रयोग गर्दा बेला बेलामा ब्याट्री परिवर्तनमा खर्चिलो र आवश्यकताअनुसार प्रयोग गर्न नपाइनेजस्ता समस्या स्थानीयले खेपिरहेका थिए । अब भने विद्युत् लाइनको सुविधाले चौबिसै घण्टा ढुक्कले सुविधा उपभोग गर्न पाइने भएको छ ।
लामेदमार ट्रान्समिटरअन्तर्गत यहाँको लामेदमार, बेलखरक, गोठडाँडा, खोरमोक, रिपाहा, पोखरादहर, थोक्सिबास गाउँका करिब एक सय घरमा एकै पटक बत्ती बाल्ने योजना हो ।
केही टोलमा वयरिङको काम नसकेकाले एकै चरणमा गाउँमा बत्ती सुरुआत गर्न नपाएपनि छिट्टै बाँकी टोलमा बत्ती बाल्ने कार्यक्रम उपभोक्ता समितिको छ । निस्दीका केही गाउँमा चार वर्ष अघिदेखि नै विद्युत्को सुविधा पुगेको छ ।