News

रिमा विश्वकर्माले भनिन् ‘आरोप लागेकै भरमा खेलाडीलाई कालोसूचीमा राख्नु कति न्यायपूर्ण ?’

काठमाडौं :

क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको विषयले यति बेला चर्चा पाउको छ । यस विषयमा धेरैले आफ्ना तर्क विर्तक प्रस्तुत गडरिरहेका छन् । प्रहरी अनुसन्धानमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई विभागले कालोसूचीमा राखेपछि नायिकाहरुले पनि मुख खोल्न थालेका छन् ।

त्यस्तैमा नायिका तथा टिभी प्रस्तोता रिमा विश्वकर्माले प्रश्न उठाएकी छन् । एउटा अन्तर्राष्ट्रिय स्तरको खेलाडीलाई दोष प्रमाणित हुनु अगाडि नै यसरी कालोसूचीमा राखिनु न्यायपूर्ण नभएको उनको तर्क छ ।सामाजिक सञ्जालमा स्टाटस लेख्दै रिमाले आफ्नो असन्तुष्टि व्यक्त गरेकी हुन्  । दोषी हुन् वा निर्दोष भन्ने छानविनपछि मात्रै थाहा हुने थहाहा हुने तर्क उनको छ ।

छानविनपछि मात्रै थाहा हुने उल्लेख गर्दै दोषी ठहर भए कानून बमोजिम सजाय पाउनुपर्ने उनी बताउछिन् ।उनले लेखेकी छन् ‘अपराधिले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन । तर आरोप लगाएकै भरमा राज्यले छानविनकै क्रममा रहेको विषयमाथि दोषि नै भएजसरी एक अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई कालोसूचमिा राख्नु कतिसम्म न्यायपूर्ण छ ?’ उनले प्रश्न गरेकी छन् ।

उनको स्टाटसमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् । धेरैले चाहिँ रिमाको समर्थन गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email