गायिका समीक्षा अधिकारी ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ भन्दै आईन (भिडियो सहित)

गायिका समीक्षा
अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा सुरेश कोली र मनिषा थापाको अभिनय रहेको छ । महेन्द्र निरौलाको निर्देशन रहेको भिडियोले पैसा नभएका साथी सर्कलको रमाइला घटनाहरु समेटिएको छ । भिडियोले घरबाट अभिभावकले ‘पकेट मनी’ नदिने, पढाइमा कम, मायामा बढि ध्यान दिने युवा पुस्ताको कथा देखाएको छ ।
गीतबाट युवाहरुमाझ सकारात्मक सन्देश दिन खोजेको गीतकार गिरीले बताए । सुशिल डाँगीको छायांकन रहेको भिडियो निराजन केसीले सम्पादन गरेका हुन् । दैनिक एक दर्जन हाराहारीमा म्युजिक भिडियो सार्वजनिक हुने सांगीतिक बजारमा समीक्षाको स्वर समावेश भएका गीत हुँदैनन् भन्दा पनि हुन्छ ।
समीक्षाका अनुसार उनले अहिले दिनमा दुईवटासम्म गीत रेकर्ड गरिरहेकी छन् । केही महिनाअघि आफ्नै स्वास्थ्यका कारण केही समय विश्राम लिएकी यी गायिका अहिले फेरि गायनमा व्यस्त छिन् । हेर्नुस् भिडियो: