मोटी भएकै कारण ब्वाइफ्रेन्डसँग ब्रे’कअप भएपछि सुजनाले घरमै कसरि घटाइन् ३६ केजी ? एक उत्प्रेणात्मक कथा

विमलनगरकी सुजना श्रेष्ठ स्टन्ट राइडर हुन्। सन् २०१५ मा ‘मिस तनहुँ’ बनेकी उनको वजन केही महिना अगाडिसम्म १ सय १ केजी थियो। अहिले आफ्नो वजन घटाएर उनले ६५ केजीमा झारेकी छिन्। उनी बस्ने ठाउँमा जिमको सुविधा छैन। उनले घरमै छ महिनामा ३६ किलो वजन घटाएकी हुन्।
सानोमा म एकदमै दुब्लो थिएँ। कक्षा ११ मा हुँदा सवारी दु’र्घटनामा परेँ। बेड रेस्ट गर्नुप¥यो। खानपानमा क’न्ट्रोल भएन। घरमै रेस्टुरेन्ट थियो। मीठो–मीठो खानेकुरा पाक्थ्यो। जे पनि खाइदिन्थेँ। रेस्टुरेन्टमा मीठोमसिनो पाक्दा मन था’म्नै सक्दिनथेँ। खाने काम मात्रै भयो, एक्सरसाइज केही भएन। खानपान र अल्छीपनले मोटाउँदै गएँ। सबैले मलाई मोटी भन्न थाले। छरछिमेकले ‘छोरी धेरै मोटाई, दुब्लाउन लगाउनु न’ भन्दै आमाबुबालाई सल्लाह दिन्थे।
उसका लागि दुब्लाउने कोसिस नगरेका होइन तर पछि शरीर हेरेर माया लगाउनेका लागि किन दुब्लाउने भन्ने लाग्यो। जस्तो छु, त्यस्तै ठीक छु भन्दै वास्ता गरिनँ। पछि हाम्रो ब्रे’कअप भयो। म मोटी भएकै कारण हाम्रो ब्रे’कअप भएको हो भन्दा नि हुन्छ।
जहाँ पनि मोटी सन् २०१५ मा ‘मिस तनहुँ’ हुने भयो। मलाई भाग लिने हुटहुटी चल्यो। टे«निङमा गएँ। एक्सरसाइज गरेर १० केजी वजन घटाएँ। ७५ केजी तौललाई ६५ बनाएँ। मिस तनहुँको उपाधि पनि जितेँ। खानपिनमा ध्यान दिन छोडियो। फेरि १ सय १ केजी तौल पुग्यो।मलाई बाइक स्टन्ट खूब मन पथ्र्यो।
स्कुल पढ्दाताकादेखि नै बुबाको बाइक चलाउँथेँ। पछि त्यसैमा स्टन्ट गर्न थालेँ। स्टन्ट गर्दागर्दै त्यसमै लाग्ने सोच बनाएँ।मलाई साहसिक खेलमा पनि रुचि छ। सन् २०१७ मा मैले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘पल्सर डियर भेन्चर सिजन–२’ र हिमालय टेलिभिजनबाट प्रसारण हुने ‘हिमालय रोडिज’को पहिलो सिजनमा भाग लिएँ। डियर भेन्चरमा