News

यिनै हुन् हिजो स्कूल हिंडेका ६ वर्षका बालकलाई बसले ठ’क्कर दिदा मृ’त्यु भएका विजय परियार

पोखरा ।

धादिङको गजुरीमा सवारी दुर्घटना हुँदा स्कूल हिंडेका एक बालकको घटनास्थलमै मृत्यु भएको हो । काठमाडौंबाट गोरखा आउँदै गरेको ग१ख ४५६५ नम्बरको बसले जेब्राक्रसमै ठक्कर दिंदा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गजुरीको आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत ६ वर्षका विजय परियार रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षका बालक विजय परियारको घटनास्थलमै मृत्यु भएपछि गजुरीको आदर्श माविका विद्यार्थी र स्थानीय वासिन्दाले सडक अवरोध गरेका थिए ।

साथै उनीहरूले विद्यार्थीलाई ठक्कर दिने बसमाथि आगजनी गरेका हुन् । दुर्घटनापछि गजुरी बजार तनावग्रस्त बनेको थियो । थप अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email